गुगलले एन्ड्रोइड फोनहरूको गति बढाउँदै ब्याट्रीको लाइफ सुधार गर्यो

  • Technology Khabar | ४ चैत्र २०८२, बुधबार
गुगलले एन्ड्रोइड फोनहरूको गति बढाउँदै ब्याट्रीको लाइफ सुधार गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

गुगलले एन्ड्रोइड फोनहरूलाई छिटो र कम ऊर्जा खपत गर्ने बनाउने नयाँ प्रविधि प्रस्तुत गरेको छ।

अटोम्याटिक फिडब्याक–डाइरेक्टेड अप्टिमाइजेसन (अटोएफडीओ) नामक प्रणाली मार्फत गरिएको यो सुधारले डिभाइसको रियल–वर्ल्ड प्रयोगको आधारमा सिस्टम कोडलाई अप्टिमाइज गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।

अनुमानहरूमा आधारित अघिल्ला विधिहरू भन्दा फरक रुपमा अटोएफडीओले प्रयोगकर्ताको व्यवहारबाट सिक्ने र कम ऊर्जा खपत गर्दै प्रणालीलाई छिटो सञ्चालन गर्ने क्षमता दिनेछ।

नयाँ प्रविधिले ४.३ प्रतिशतसम्म छिटो एपहरू खोल्ने, लगभग २.१ प्रतिशतले डिभाइस छिटो स्टार्टअप हुने, इफिसियण्ट प्रोसेसरको प्रयोगले ब्याट्रीको लाइफ बढाउन मद्दत गर्ने, छिटो सिस्टम र एप्लिकेसन रेसपोन्सहरू जस्ता प्रारम्भिक नतिजाहरू देखाएको छ।

यो अप्टिमाइजेसन एन्ड्रोइडको आधार स्तरमा एकीकृत गरिएको हुनाले प्रयोगकर्ताको हस्तक्षेप बिना नै सबै प्रमुख फोन फङ्गसनहरूलाई प्रभाव पार्दछ।

गुगलले यो नयाँ प्रविधि एन्ड्रोइड १५ र १६ सहित एन्ड्रोइडको नयाँ संस्करणहरूका साथै भविष्यका संस्करणहरूमा प्रस्तुत गर्न गइरहेको छ।

यो एन्ड्रोइड फोनहरूको कार्यसम्पादन सुधार गर्ने र ब्याट्रीको आयु बढाउने दिशामा एक महत्त्वपूर्ण कदम भएको प्रविधि विज्ञहरूले विश्वास व्यक्त गरेका छन्। साथै यो विशेष गरी छिटो र इफिसियण्ट डिभाइसहरू खोज्ने प्रयोगकर्ताहरूको लागि उपयुक्त हुने उल्लेख गरिएको छ।

प्रकाशित: ४ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...