
काठमाडौं ।
सामसङले नयाँ ग्यालेक्सी एम१७ई भारतमा आधिकारिक रूपमा अनावरण गरेको छ। भर्खरै लन्च गरिएको ग्यालेक्सी एम१७ई ५जी गत महिनाको सुरुमा डेब्यू गरिएको ग्यालेक्सी ए०७ ५जी को रिब्रान्ड गरिएको संस्करण जस्तो देखिन्छ।
ग्यालेक्सी एम१७ई ५जी मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसीको साथ ६जीबी र्याम र १२८जीबी आन्तरिक स्टोरेज समावेश गरिएको छ। साथै फोनले माइक्रोएसडी कार्ड स्लट मार्फत स्टोरेज विस्तारलाई समर्थन गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ह्यान्डसेटमा एचडी+ रिजोल्युसन र १२० हर्ज सम्मको रिफ्रेस रेट प्रदान गर्ने ६.७–इन्चको एलसीडी डिस्प्ले रहेको छ। साथै उक्त डिस्प्लेमा वाटरड्रप नोचले ८ मेगापिक्सेलको सेल्फी क्यामरा राखेको र चारैतिर बाक्लो किनाराहरू रहेको बताइएको छ। फोनले आईपी५४ रेटिङ प्रदान गर्दछ भने फोनको मोटाइ ८.२एमएम बाक्लो रहेको छ।
ग्यालेक्सी एम१७ई ५जी मा ५० मेगापिक्सेलको प्राइमरी सेन्सर र २ मेगापिक्सेलको डेप्थ युनिटसहितको डुअल रियर क्यामरा सेटअप रहेको छ।
डिभाइसमा रहेको ६,०००एमएएच ब्याट्रीले २५वाट वायर्ड फास्ट चार्जिङलाई समर्थन गर्दछ। यो फोन एन्ड्रोइड १६–आधारित वान यूआई ८.० मा चल्ने र ६ वर्षको ओएसका साथै अपडेटहरू प्राप्त गर्ने बताइएको छ।
अन्य स्पेसिफिकेसनहरूमा साइड–माउन्ट गरिएको फिङ्गरप्रिन्ट स्क्यानर, डुअल–सिम, ३.५एमएम हेडफोन ज्याक, वाई–फाई, ब्लुटुथ ५.३, जीपीएस र यूएसबी टाइप–सी पोर्ट समावेश छ।
सामसङ ग्यालेक्सी एम१७ई ५जी ब्लिट्ज ब्लू र भाइब भायोलेट रङ्ग विकल्पहरूमा ४जीबी/१२८जीबी भेरियन्टको लागि १२,९९९ भारतीय रुपैयाँ (१४० अमेरिकी डलर) को सुरुवाती मूल्यमा उपलब्ध हुनेछ। फोनको ६जीबी/१२८जीबी भेरियन्टको मूल्य १४,४९९ भारतीय रुपैयाँ (१६० अमेरिकी डलर) कायम गरिएको छ।
प्रकाशित: ४ चैत्र २०८२, बुधबार