
काठमाडौं ।
वानप्लस १५टी चाँडै नै सायद यो महिनाको अन्त्य हुनुभन्दा अगाडि लन्च हुँदैछ। ब्रान्डले वानप्लस १५टी को हिलिङ ह्वाइट चकलेट, प्योर कोको र रिल्याक्सिङ म्याचा भनिने तीनओटै रङहरू देखाएको छ।
अहिलेसम्म वानप्लस १५टी लाई यी तीनओटै रङहरूमा एकअर्काको छेउमा सँगै नदेखिएको अवस्थामा अब डिभाइसलाई यी तीनओटै रङहरूमा एकअर्काको छेउमा सँगै देखाउने पहिलो लाइभ तस्बिरहरू सार्वजनिक गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
वानप्लस १५टी मा पातलो किनाराहितको ६.३२–इन्चको एएमओएलईडी स्क्रिन, अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर, ७,५०० एमएएच ब्याट्री, धुलो र पानी प्रतिरोधको लागि आईपी६९के रेटिङको साथ आउने पुष्टि भएको छ। हालैको गीकबेन्च रन अनुसार, वानप्लस १५टी क्वालकम ङ्गको स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी द्वारा संचालित हुनेछ।
प्रकाशित: ३० फाल्गुन २०८२, शनिबार