अनर म्याजिकभी६ ले ठूला ब्याट्रीहरू सहित चीनमा डेब्यू गर्यो

  • Technology Khabar | २८ फाल्गुन २०८२, बिहीबार
अनर म्याजिकभी६ ले ठूला ब्याट्रीहरू सहित चीनमा डेब्यू गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एमडब्ल्यूसीमा अनावरण गरिएको एक हप्ता भन्दा अलि बढी समय पछि अनरको म्याजिक भी६ अब चीनमा आधिकारिक रुपमा डेब्यू गरिएको छ। फोल्डेबलले आफ्नो स्थानीय डेब्यूको लागि ब्याट्री क्षमतामा वृद्धी गरेको छ र अझ महत्त्वपूर्ण कुरा भनेको अनरले एमडब्ल्यूसीमा खुलासा नगरेको मूल्य निर्धारणको विवरणहरू पनि उपलब्ध भएको छ।

चिनियाँ म्याजिक भी६ युनिटहरू र्याम र स्टोरेज कन्फिगरेसनमा निर्भर भएको र दुई ब्याट्री क्षमताहरूमा उपलब्ध हुने छन्। २५६जीबी र ५१२जीबी स्टोरेज भएका संस्करणहरू ६,८५०एमएएच सिलिकन कार्बाइड सेलहरूसँग आउँछन् भने टप–टियर १६जीबी र्याम र १टीबी स्टोरेज मोडेलले अझ ठूलो ७,१५० एमएएच ब्याट्री समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

सबै संस्करणहरूले ८०वाट वायर्ड र ६६वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। साथै विश्वव्यापी रुपमा उपलब्ध हुने म्याजिक भी६ ले ६,६६०एमएएच सिलिकन कार्बाइड ब्याट्री प्राप्त गर्नेछ।

चीनका खरीकर्ताहरूले पहिले नै आफ्नो म्याजिक भी६ युनिटहरू प्रि–अर्डर गर्न सक्नेछन् भने मार्च १३ मा डेलिभरी हुने तालिका रहेको बताइएको छ।

परिष्कृत ब्याट्रीहरू बाहेक, म्याजिक भी६ को चिनियाँ भेरियन्टहरूमा डुअल फिजिकल सिम स्लटहरू र विश्वव्यापी मोडेलहरूको जस्तै स्पेक्सहरू रहेका छन्।

डिभाइसमा फ्ल्यागशिप स्न्यापड्रागन ८ एलिट जेन ५ चिप, समर्पित ३× अप्टिकल जुम पेरिस्कोपसहितको ट्रिपल क्यामरा, आईपी६८ र आईपी६९ इन्ग्रेस सुरक्षाका साथै ६.५२–इन्चको कभर र ७.९५–इन्चको मुख्य डिस्प्लेहरू समावेश छन्।

प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...