
काठमाडौं ।
वानप्लस १५टी प्रोटोटाइप अब गीकबेन्च अनलाइन डाटाबेसमा पीएलजेड११० मोडेल नम्बरको साथ देखा परेको छ। डिभाइसले सिङ्गल–कोर स्कोरतर्फ ३,४४० र मल्टि–कोरमा १०,५२३ स्कोर गरेको छ।
वानप्लस १५टी स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीद्वारा संचालित हुने चर्चा गरिएको छ।
बेन्चमार्क अनुसार प्रोटोटाइपमा १६ जीबी र्याम देखिएको उल्लेख गरिएको छ। फोनले एन्ड्रोइड १६ चलाउने बताइएको छ। १५टी मा अत्यन्तै पातलो र एकरूप किनारासहितको ६.३२ इन्चको फ्ल्याट स्क्रिन, अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर हुनेछ।
यस्तै फोनमा १०० वाट वायर्ड र ५० वाट वायरलेस चार्जिङ भएको ७,५०० एमएएच ब्याट्रीका साथै अपग्रेड गरिएको पेरिस्कोप टेलिफोटो क्यामरा भएको आधिकारिक रूपमा पुष्टि भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २६ फाल्गुन २०८२, मंगलवार