ए१९ चिपसेट र म्यागसेफ चार्जिङको साथ आईफोन १७ई डेब्यू

  • Technology Khabar | २० फाल्गुन २०८२, बुधबार
ए१९ चिपसेट र म्यागसेफ चार्जिङको साथ आईफोन १७ई डेब्यू
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले आफ्नो एक हप्ताको प्रोडक्ट लन्च कर्यक्रम सुरु गरेको छ। कम्पनीले सुरुमा आईफोन १७ई लन्च गरेको छ। पछिल्लो किफायती आईफोन १७ई गत वर्षको १६ई सँग मिल्दोजुल्दो भएको र उही मूल्य ट्याग कायम राख्दै केही अपग्रेडहरू प्रस्तुत गरेको छ।

आईफोन १७ई मा ४–कोर जीपीयू सहित एप्पलको ए१९ चिप समावेश गरिएको छ। डिभाइसमा रहेको नयाँ सी१एक्स मोडेमले सुधारिएको कनेक्टिभिटी प्रदान गर्ने दाबी गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

फोनको अगाडि २५३२×११७० रिजोल्युसन, ६० हर्ज रिफ्रेस रेट र फेस आईडी सिस्टमका साथै सेल्फी क्यामराको लागि एक नचको साथ ६.१–इन्चको ओएलईडी स्क्रिन समावेश गरिएको छ। साथै, स्क्रिन अब नयाँ सिरेमिक शिल्ड २ ग्लास द्वारा सुरक्षित गरिएको छ।

आईफोन १७ई को पछाडिको भागमा ओआईएस र फोरके ६०एफपीएस डल्बी भिजन भिडियो रेकर्डिङ समर्थनको साथ एउटा ४८ मेगापिक्सेलको क्यामरा समावेश गरिएको छ। एप्पलले नयाँ ईमेज प्रोसेसिङ पाइपलाइनमार्पत पोट्र्रेट पर्फर्मेन्स अब राम्रो भएको दावी गरेको छ।

त्यसैगरी डिभाइसमा सेल्फी र भिडियो कलिङको लागि अगाडि १२ मेगापिक्सेलको क्यामरा उपलब्ध गराइएको छ।

आईफोन १७ई मा अब म्यागसेफ पनि उपलब्ध गराइएको छ। म्यागसेफले विभिन्न एक्सेसरिजहरूसँग क्म्पाटिबिलिटी (अनुकूलता) सक्षम बनाउनुका साथै १५ वाट तार बिनाको र छिटो वायर्ड चार्जिङलाई पनि समर्थन गर्नेछ।

अन्य विशिष्टताहरूमा वाई–फाई ६, ब्लुटुथ ५.३, आईपी६८ रेटिङ, जीपीएस, एनएफसी, स्याटेलाइट कनेक्टिभिटी र ईसिम समर्थन समावेश छन्। यो डिभाइस आईओएस २६ मा चल्छ र एप्पल इन्टेलिजेन्सको साथ आउँछ।

एप्पलको नयाँ आईफोन १७ई २५६जीबी मोडेलको मूल्य ५९९ अमेरिकी डलर बाट सुरु हुन्छ भने ५१२जीबी भेरियन्टको मूल्य ७९९ अमेरिकी डलर छ। यो डिभाइस कालो, सेतो र नयाँ सफ्ट पिङ्क फिनिशमा उपलब्ध हुनेछ। प्रि–अर्डरहरू मार्च ४ बाट सुरु हुनेछन् भने डेलिभरी मार्च ११ मा सुरु हुनेछ।

प्रकाशित: २० फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...