फोल्डेबल आईफोनको मूल्य कति हुन सक्ला?

  • Technology Khabar | १८ फाल्गुन २०८२, सोमबार
फोल्डेबल आईफोनको मूल्य कति हुन सक्ला?
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

यो वर्षको उत्तरार्धमा आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्ससँगै डेब्यू हुने अपेक्षा गरिएको फोल्डेबल आईफोन उत्पादनमा प्रवेश गरेको छ।
एप्पलले फोल्डेबल आईफोनको मूल्य नियन्त्रणमा राखेको बताइएको छ।

प्रारम्भिक रिपोर्टहरूले फोल्डेबल आईफोनको मूल्य लगभग २,४०० अमेरिकी डलर (२,०३० युरो) हुने दावी गरेका छन्। फोल्डेबल आईफोनको यो मूल्य एप्पलका अघिल्ला नयाँ उत्पादनहरू (एप्पल भिजन प्रोको मूल्य ३,४९९ अमेरिकी डलर) जत्तिकै महँगो नभएको टेलीग्राफले रिपोर्ट गरेको छ।

२,००० अमेरिकी डलरबाट मूल्य सुरु हुने ग्यालेक्सी जेड फोल्ड ७ को तुलनामा फोल्डेबल आईफोनको यो मूल्य वृद्धि धेरै कम भएको उल्लेख गरिएको छ।

यदि एप्पलले आफ्नो फोल्डेबल फोनको मूल्य ग्यालेक्सी जेड फोल्ड ८ को २०० अमेरिकी डलर दायरा भित्र राख्न सकेको खण्डमा भने फोल्डेबल आईफोन ठूलो सफलता हुन सक्ने उल्लेख गरिएको छ।

साथै २,८९९ अमेरिकी डलर मूल्य ट्यागको बावजुद राम्रो बिक्री गरेको ग्यालेक्सी जेड ट्राइफोल्डको पाइला पछ्याउँदै र एप्पलको फोल्डेबल आईफोनले पनि सफलता प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: १८ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Chynabazar to launch on July 29: A disruption in e-commerce, connecting direct-from-manufacturer to consumer

  • Technology Khabar
  • १८ फाल्गुन २०८२, सोमबार