
काठमाडौं ।
जीटीए ६ को सुरुवाती मूल्य आजका प्रमुख एएए भिडियो गेमहरूको मानक भन्दा उच्च हुन सक्ने नयाँ जानकारी बाहिरिएको छ।
दशकको बहुप्रतिक्षित भिडियो ‘गेम ग्रान्ड थेफ्ट अटो भीआई’ फेरि चर्चामा आएको छ। लीक भएको गेमप्ले फुटेजको कारणले नभइ यस पटक भिडियो गेम उद्योगमा नयाँ स्ट्याण्डर्ड (मानक) सेट गर्न सक्ने सम्भावित मूल्यको कारणले जीटीए भीआई चर्चामा आएको टेलिग्राफले रिपोर्ट गरेको छ।
विदेशी गेमिङ पोर्टलहरूका अनुसार, एक प्रसिद्ध खुद्रा विक्रेता लोडेड डट कमको वेबसाइटमा देखा परेको एउटा सूचीले खेलको आधारभूत संस्करण कम्तिमा ८० अमेरिकी डलर हुने सुझाव दिएको छ।
यद्यपि त्यस्ता साइटहरूमा मूल्यहरू प्रायः अस्थायी (प्लेसहोल्डर) हुने गर्दछन् र केही अन्य विवरणहरू फरक पनि देखा परेका छन्ः
एएए भिडियो गेमहरूको लागि उद्योग हालै ६० अमेरिकी डलरबाट ७० अमेरिकी डलरमा सरेको छ र रकस्टार गेम्स मूल्य ट्यागलाई अझ माथि पुर्याउने पहिलो हुन सक्ने उल्लेख गरिएको छ। ठूलो विकास बजेट र अपेक्षित विवरणको स्तरले टेक–टू इन्टरएक्टिभलाई “खेलाडीहरूको खल्तीको गहिराइ” परीक्षण गर्ने आत्मविश्वास दिन्छ भनि विश्लेषकहरूले विश्वास व्यक्त गरेका छन्।
त्यसैगरी निन्टेन्डो र माइक्रोसफ्ट जस्ता अन्य प्रमुख कम्पनीहरूले पनि आफ्नो प्रमुख शीर्षकहरूको लागि ८० अमेरिकी डलरको आसपास मूल्यहरू प्रयोग गर्न थालेका छन्।
वित्तीय विज्ञहरूका अनुसार, जीटीए भीआईले बिक्रीको पहिलो दिनमा २ बिलियन अमेरिकी डलरसम्म र दुई महिना भित्र लगभग ७ बिलियन अमेरिकी डलरसम्म कमाउन सक्ने बताइएको छ
प्रकाशित: १७ फाल्गुन २०८२, आईतवार