टचस्क्रिन म्याकबुक प्रोहरू यो वर्षको उत्तरार्धमा लन्च हुने

  • Technology Khabar | १४ फाल्गुन २०८२, बिहीबार
टचस्क्रिन म्याकबुक प्रोहरू यो वर्षको उत्तरार्धमा लन्च हुने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले अर्को हप्ता धेरै नयाँ डिभाइसहरू लन्च गर्ने तयारी गरिरहेको छ। उक्त नयाँ डिभाइसहरूमा नयाँ इन्ट्री–लेभल म्याकबुक मोडेल (जे७००) र एम५ प्रो र एम५ म्याक्स चिप्स सहितको अपडेटेड म्याकबुक प्रोहरू समावेश छन्। तर यो वर्ष यी मात्र नयाँ म्याकबुक मोडेलहरू लन्च नगरिने बताइएको छ। ब्लूमबर्गका मार्क गर्मनको नयाँ रिपोर्टले अन्ततः लामो समयदेखि अफवाह चलिरहेको टचस्क्रिन म्याकबुक प्रोहरू २०२६ को उत्तरार्धमा आउने सुझाव दिएको छ।

यो विषयमा परिचित व्यक्तिहरूका अनुसार एप्पलले आन्तरिक रूपमा के११४ र के११६ को रूपमा चिनिने १४–इन्च र १६–इन्च म्याकबुक प्रोहरू घोषणा गर्ने बताइएको छ। यदि यी दावीहरू कायम रहेको खण्डमा भने यी म्याकबुक प्रोहरूले अन्ततः टचस्क्रिन ल्यापटपहरू विरुद्ध लामो समयदेखि चलिरहेको एप्पल पूर्वाग्रह तोड्नेछन् र कुनै समयमा स्टीव जब्सले “टच सर्फेसहरू भर्टिकल हुनेछैनन्” भनि घोषणा गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

नयाँ रिपोर्ट अनुसार, टचस्क्रिन म्याकबुक प्रोमा टच वा पोइन्ट–एन्ड–क्लिक इनपुटको लागि अप्टिमाइज गरिएका फरक प्रोफाइलहरू हुनेछन्। टच प्रोफाइल सक्षम हुँदा, म्याकओएसले स्क्रिनमा प्रयोगकर्ताको टच पोइन्टहरू वरिपरि थप मेनुहरू र क्न्टेक्स्ट–रिलिभेण्ट एक्सनहरू ल्याउनेछ।

थप रूपमा, दुवै आगामी म्याकबुक प्रोहरूले ओएलईडी डिस्प्ले र डाइनामिक आइल्याण्ड पनि प्राप्त गर्नेछन्। केही वर्षदेखि हल्ला चलिरहेको ओएलईडी म्याकबुकहरूमा डाइनामिक आइल्याण्ड बिट नयाँ हुनेछ। रिपोर्टका अनुसार, आगामी म्याकबुक प्रोहरूमा रहेको डाइनामिक आइल्याण्ड डिस्प्लेको माथिल्लो केन्द्रमा राखिनेछ र हालको आईफोन क्रपमा रहेको भन्दा सानो हुनुका साथै पञ्च–होल कटआउट आकार रहनेछ।

प्रकाशित: १४ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार