
काठमाडौं ।
वाडा अटो शो २०२६ को स्टल बुकिङ्ग खुल्ला भएको छ। नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसनद्वारा नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६ को आयोजना गरिने भएको छ।
पहिलो संस्करणको अपार सफलतापछि सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकास तर्फ सवारीधनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पोखरामा दोस्रो पल्ट चैत्र ११ देखि १५ गते सम्मको पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।
सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
प्रदर्शनीका लागि फागुन १२ गते मंगलबारदेखि १९ गतेसम्म प्रदर्शनीकालागि स्टल बुकिङ्ग खुल्ला गरिएको छ। प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेजले गर्ने बताइएको छ।
प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार