गत वर्ष युरोपेली स्मार्टफोन बजारको नेतृत्वमा सामसङ, शीर्ष ५ का एप्पल र अनरको सबैभन्दा राम्रो प्रदर्शन

  • Technology Khabar | १३ फाल्गुन २०८२, बुधबार
गत वर्ष युरोपेली स्मार्टफोन बजारको नेतृत्वमा सामसङ, शीर्ष ५ का एप्पल र अनरको सबैभन्दा राम्रो प्रदर्शन

काठमाडौं ।

सामसङले २०२५ मा युरोपेली स्मार्टफोन बजार (रूस बाहेक) को नेतृत्व गरेको ओमडियाले रिपोर्ट गरेको छ।

सामसङले ४६.६ मिलियन युनिट ढुवानी गर्दै ३५ प्रतिशत बजार हिस्साको साथ पहिलो स्थान ओगटेको छ। एप्पल ३६.९ मिलियन युनिट र २७ प्रतिशत बजार हिस्साको साथ दोस्रो स्थानमा रहेको छ।

त्यर्सगरी शाओमी २१.८ मिलियन युनिट ढुवानी र १६ प्रतिशत बजार हिस्साको साथ तेस्रो स्थानमा रहेको छ भने ७.७ मिलियन युनिट ढुवानी र ६ प्रतिशत बजार हिस्साको साथ मोटोरोला चौथो स्थानमा आउन सफल भएको छ। साथै अनर ३.८ मिलियन डिभाइसहरूको ढुवानी र ३ प्रतिशत बजार हिस्साको साथ पहिलो पटक शीर्ष ५ मा पुग्न सफल भएको छ।

शीर्ष ५ ब्रान्डहरू भित्र एप्पल र अनरले मात्र युरोपमा राम्रो प्रदर्शन गर्न सफल भएको बताइएको छ। २०२४ को तुलनामा युरोपमा एप्पलले ६ प्रतिशत र अनरले ४ प्रतिशतले वृद्धि गरेका छन्।

यी दुईले गत वर्ष युरोपमा सबैभन्दा धेरै डिभाइसहरू बिक्री गरेका छन्। २०२४ को तुलनामा शाओमीको ढुवानी १ प्रतिशतले र मोटोरोलाको ढुवानी ५ प्रतिशतले घटेको छ। शीर्ष ५ बाहेक, नथिङ र फेयरफोन दुवैले दोहोरो अंकको वृद्धि हासिल गरेका छन्।

समग्र बजार १ प्रतिशतले घटेर १३४.२ मिलियन युनिट ढुवानी पुगेको बताइएको छ र यो विश्वभर ढुवानी गरिएका सबै स्मार्टफोनहरूको लगभग १०.८ प्रतिशत हिस्सा भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

२०२५ को चौथो त्रैमासिक (अक्टोबरदेखि डिसेम्बर) मा एप्पलको वर्चस्व रहेको र कम्पनीको १३.४ मिलियन ढुवानी र ३४ प्रतिशत बजार हिस्सा रहेको बताइएको छ।

त्यसैगरी सामसङको १२.४ मिलियन युनिट ढुवानी र ३१ प्रतिशत बजार हिस्सा रहेको उल्लेख गरिएको छ। त्यसपछिका स्थानहरुमा शाओमी, मोटोरोला र अनर रहेको छन्। २०२४ को चौथो त्रैमासिकको तुलनामा अनरको २४ प्रतिशत वृद्धिको साथ सबैभन्दा बढी वृद्धि भएको र त्यसपछि मोटोरोलाको १३ प्रतिशत र सामसङको १० प्रतिशत वृद्धि भएको बताइएको छ।

२०२५ मा सामसङको ग्यालेक्सी ए५६ युरोपमा सबैभन्दा धेरै बिक्री हुने डिभाइस बनेको छ भने त्यसपछि आईफोन १६ र ग्यालेक्सी ए१६ रहेका छन्। शीर्ष १० मा ६ ओटा एप्पलको र चारओटा सामसङको डिभाइसहरू परेका छन्।

२०२४ मा रेडमी नोट १३ ४जी को साथ शाओमी शीर्ष १० मा प्रवेश गरेको भए तापनि गत वर्ष भने कम्पनीको डिभाइसले राम्रो प्रदर्शन गर्न नसकेका उल्लेख गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार