ग्यालेक्सी एस२६ अल्ट्राको प्राइभेसी डिस्प्ले सुविधा प्रदर्शन गर्ने ह्यान्ड्स–अन भिडियो लीक भयो

  • Technology Khabar | ११ फाल्गुन २०८२, सोमबार
ग्यालेक्सी एस२६ अल्ट्राको प्राइभेसी डिस्प्ले सुविधा प्रदर्शन गर्ने ह्यान्ड्स–अन भिडियो लीक भयो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ सिरिजको लन्च कार्यक्रमको केही दिन अगाडि वास्तविक तस्बिरहरू र ह्यान्ड्स–अन भिडियो सामाजिक सञ्जालमा देखा परेका छन्। लीकहरूले ग्यालेक्सी एस२६ अल्ट्रालाई नजिकबाट देखाउँदै प्राइभेसी डिस्प्ले सुविधा, एस–पेनलाई हाइलाइट र फोनको बेन्चमार्क स्कोरहरूको खुलासा गरेको छ।

युट्युबर साहिल कारौलले आगामी ग्यालेक्सी एस२६ अल्ट्रा हात पार्न सफल भएको र दुबईको एक खुद्रा विक्रेताले फोन पहिले नै बिक्रीमा राखेको दावी गरेको छन्।

युट्युबरले एक्समा साझा गरेका फोनका धेरै भिडियोहरू र तस्बिरहरूले डिभाइसको मुख्य पक्षहरूको खुलासा गरेको छ। एउटा क्लिपमा, कारौलले प्राइभेसी डिस्प्ले सुविधा प्रदर्शन गरेका छन् र यो प्रविधिले स्क्रिनलाई निश्चित कोणबाट हेर्नको लागि गाह्रो बनाउने छ।

सामसङले पहिले नै यो सुविधाको बारेमा पुष्टि गरिसकेको छ र यो कसरी काम गर्छ भनेर देखाउने टिजर पनि साझा गरेको छ।

अन्य पोस्टहरूमा, युट्युबरले ग्यालेक्सी एस२६ अल्ट्राको थोरै पुनः डिजाइन गरिएको एस–पेन प्रदर्शन गरेका छन्। साथै एस–पेनमा अझै पनि ब्लुटुथ समर्थनको अभाव रहेको र धेरै बेन्चमार्कहरू पछि डिभाइसमा कुनै पनि तात्ने समस्याहरू नभएको दाबी गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार