माघ मसान्तसम्म १४ अर्ब हाराहारीका ६ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

  • Technology Khabar | १० फाल्गुन २०८२, आईतवार
माघ मसान्तसम्म १४ अर्ब हाराहारीका ६ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तसम्ममा नेपालमा १३ अर्ब ८४ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको ५ हजार ८ सय ९४ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका,अस्ट्रिया र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले ८ अर्ब ४६ करोड १९ लाख ८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१२५६२१९७७०५
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म७३६१३०३६०८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म२५०२६३९६९४२
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म४९८१२२९३०३
कार, जीप र भ्यानथाइल्याण्ड५१ देखि १०० किलोवाटसम्म४०१७८४५६६
कार, जीप र भ्यानबेलायत५१ देखि १०० किलोवाटसम्म४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म४४२१२७५९९१
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म१०७६६०६
पिक पावरयुक्त कार, जीप र भ्यानभारत१०१ देखि २०० किलोवाटसम्म२९१२३६५५
पिक पावरयुक्त कार, जीप र भ्यानद कोरिया१०१ देखि २०० किलोवाटसम्म१५७२५
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका१०१ देखि २०० किलोवाटसम्म१०४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानअस्ट्रिया२०१ देखि ३०० किलोवाटसम्म६७९७
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म३०२८४
पिक पावरयुक्त कार, जीप र भ्यानसं. रा. अमेरिका२०१ देखि ३०० किलोवाटसम्म२९१२

प्रकाशित: १० फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार