
काठमाडौं ।
ह्वाट्सएपले नयाँ ग्रुप म्यासेज हिस्ट्रि सुविधा प्रस्तुत गरेको छ। ह्वाट्सएप ग्रुप (समूह) मा सामेल भएर पहिलेका सबै सन्देशहरू छुटाएका सहभागीहरूलाई नयाँ सुविधा उपयोगी हुनेछ।
तसर्थ व्हाट्सएपले अब म्यासेज छुट्ने डरलाई अन्त्य गर्न डिजाइन गरिएको नयाँ ग्रुप म्यासेज हिस्ट्रि सुविधा प्रस्तुत गरेको बताएको छ।
नयाँ सुविधाले ग्रुप एडमिन र सदस्यहरूलाई नयाँ थपिएका सहभागीहरूसँग हालसालैका सन्देशहरू साझेदारी गर्न अनुमति दिनेछ। व्हाट्सएपले सेयर गरिएका म्यासेज हिस्ट्रि इन्ड–टु–इन्ड इन्क्रिप्टेड रहने बताएको छ।
ग्रुप च्याटमा नयाँ सदस्यहरू थप्दा हालसालैका म्यासेज हिस्ट्रि सेयर गर्ने विकल्पको साथ पप–अप देखा पर्नेछ। एडमिन वा सदस्यहरूले नयाँ सहभागीहरूसँग २५ देखि १०० सम्मका हालसालैका सन्देशहरू साझेदारी गर्न छनौट गर्न सक्नेछन्।
साथै एडमिनले ग्रुप सेटिङ्ग्समा म्यासेज हिस्ट्रि सेयरिङ अप्सन बन्द गर्न सक्नेछन्। हालसालैका सन्देशहरू साझेदारी गर्दा सबै समूह सदस्यहरूलाई सूचित गरिनेछ र व्हाट्सएपले सन्देशहरू पठाउने व्यक्तिको जानकारी र टाइमस्ट्याम्पहरू जस्ता विवरणहरू समावेश गर्नेछ।
ह्वाट्सएपले ग्रुप म्यासेज हिस्ट्रि सुविधा बिस्तारै रोल आउट हुने पुष्टि गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १० फाल्गुन २०८२, आईतवार