एन्थ्रोपिकले सार्वजनिक गर्यो सनेट ४.६ मोडल

  • Technology Khabar | ७ फाल्गुन २०८२, बिहीबार
एन्थ्रोपिकले सार्वजनिक गर्यो सनेट ४.६ मोडल
फाइल तस्बिर

काठमाडौं ।

एन्थ्रोपिकले आफ्नो मिडसाइज सनेट मोडेलको नयाँ संस्करण सनेट ४.६ सार्वजनिक गरेको छ। कम्पनीको चार महिनाको अपडेट चक्रअनुसार यो नयाँ संस्करण ल्याइएको हो। घोषणा पोस्टमा एन्थ्रोपिकले कोडिङ, निर्देशन पालना र कम्प्युटर प्रयोग क्षमतामा सुधार भएको उल्लेख गरेको छ।

सनेट ४.६ अब फ्री र प्रो योजना प्रयोगकर्ताका लागि डिफल्ट मोडेल हुनेछ। सनेट ४.६ को बिटा संस्करणमा १० लाख (१ मिलियन) टोकनको कन्टेक्स्ट विन्डो उपलब्ध हुनेछ, जुन यसअघि सनेटमा उपलब्ध सबैभन्दा ठूलो विन्डोभन्दा दोब्बर हो। कम्पनीका अनुसार यो कन्टेक्स्ट विन्डो “पूरा कोडबेस, लामो कानुनी सम्झौता वा दर्जनौं अनुसन्धान पत्र एउटै अनुरोधमा समेट्न पर्याप्त” छ।

यो रिलिज ओपस ४.६ सार्वजनिक भएको दुई सातापछि आएको हो। आगामी हप्ताहरूमा अपडेट गरिएको हाइकू मोडेल पनि आउने सम्भावना रहेको छ।

नयाँ संस्करणसँगै विभिन्न बेन्चमार्कमा रेकर्ड स्कोर दावी गरिएको छ। कम्प्युटर प्रयोगसम्बन्धी ओएस वर्ड र सफ्टवेयर इन्जिनियरिङका लागि एसडब्लूई-बेञ्चमा उच्च प्रदर्शन देखिएको छ। साथै मानव बुद्धिसँग सम्बन्धित सीप मापन गर्ने आर्क-एजीआई-२ मा ६०.४ प्रतिशत स्कोर हासिल गरेको उल्लेख गरिएको छ।

यो स्कोरले सनेट ४.६ लाई अधिकांश समकक्ष मोडेलभन्दा माथि राखे पनि ओपस ४.६, जेमिनी ३ डीप थिङ्क र जीपीटी ५.२ को परिमार्जित संस्करणजस्ता मोडेलभन्दा भने पछि नै रहेको बताइएको छ।

प्रकाशित: ७ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...