सार्वजनिक हुनुअघि ग्यालेक्सी बड्स४ र बड्स४ प्रोको अर्को झलक बाहिरियो

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
सार्वजनिक हुनुअघि ग्यालेक्सी बड्स४ र बड्स४ प्रोको अर्को झलक बाहिरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

ग्यालेक्सी एस२६ सिरिज अर्को हप्ताको ग्यालेक्सी अनप्याक्ड कार्यक्रममा सार्वजनिक हुनेछ भने सामसङले ग्यालेक्सी बड्स४ र ग्यालेक्सी बड्स४ प्रो इयरबडहरू पनि अनावरण गर्ने अपेक्षा गरिएको छ।

अर्को हप्ता लन्च हुनु अघि आगामी ग्यालेक्सी इयरबडहरूको नयाँ आधिकारिक देखिने रेन्डरहरू एक टिपस्टरमार्फत देखा परेका छन्।

रेन्डरहरूले वास्तवमा केहि नयाँ कुराहरु प्रस्तुत नगरे तापनि तिनीहरूले ग्यालेक्सी बड्स४ र बड्स४ प्रोको चार्जिङ केसहरू सहित अहिलेसम्मकै सबैभन्दा स्पष्ट झलक प्रदान गरेका छन्।

सामसङले प्रो भेरियन्टको साथ चार्जिङ केबल र अतिरिक्त इयर टिप्स समावेश गर्नेछ भने स्ट्याण्डर्ड मोडेल बक्समा केवल चार्जिङ केबलको साथ आउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

दुवै मोडेलहरू समान शैलीका केसहरूमा आउनेछन् र इयरबडहरूको डिजाइन भने आफैंमा फरक हुनेछन्। ग्यालेक्सी बड्स४ मा सिलिकन टिप्स बिना सेमी–इन–इयर फिट रहेको छ र बड्स४ प्रोले सिलिकन इयर टिप्सको साथ इन–इयर डिजाइन अपनाएको उल्लेख गरिएको छ।

इयरबडहरूमा फ्ल्याट आउटर सर्फेस (समतल बाहिरी सतह) को साथ पुनः डिजाइन गरिएको स्टेम पनि रहेको छ। चार्जिङ केसमा पारदर्शी ढक्कन रहेको भने बड्स भित्र तेर्सो रूपमा रहने छन्। ब्याट्रीको हिसाबले, बड्स४ प्रोमा ५७एमएएच ब्याट्री र ग्यालेक्सी बड्स४ मा सानो ४२एमएएच सेल हुने हल्ला छ।

अघिल्ला अफवाहहरू अनुसार, ग्यालेक्सी बड्स४ लाइनअपले नयाँ पिन्च–एन्ड–होल्ड जेस्चर र इन्टरप्रेटर मोडलाई समर्थन गर्नेछ। बड्स४ को मूल्य १७९ यूरो हुनेछ भने बड्स४ प्रो को मूल्य २४९ यूरो हुन सक्ने बताइएको छ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार