कल अफ ड्युटी: वारजोन मोबाइल आगामी अप्रिल १७ देखि बन्द हुने

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
कल अफ ड्युटी: वारजोन मोबाइल आगामी अप्रिल १७ देखि बन्द हुने

काठमाडौं ।

कल अफ ड्युटी: वारजोन मोबाइल आगामी अप्रिल १७ देखि बन्द हुने भएको छ। एक्टिभिजनका अनुसार उक्त मितिदेखि यो मोबाइल ब्याटल रोयाल खेलका सर्भरहरू अफलाइन गरिनेछन्। हालका खेलाडीहरूले भने सो मितिसम्म खेल खेल्न सक्नेछन्।

कल अफ ड्युटीको यो मोबाइल संस्करण विगत एक वर्षदेखि अन्त्यतर्फ अघि बढिरहेको थियो। सन् २०२५ मे महिनामै खेल स्टुडियोले यो शीर्षकलाई एप स्टोरबाट हटाइने र नयाँ सामग्री थप नगरिने जानकारी दिएको थियो।

इन्ग्याजेटका अनुसार मोबाइलमा मिलिटरी शूटर खेल खेल्न चाहने प्रयोगकर्ताका लागि कल अफ ड्युटी: मोबाइल भने अझै उपलब्ध रहनेछ। यस खेलमा पनि ब्याटल रोयाल मोड समावेश भएकाले वारजोन जस्तै अनुभव लिन सकिन्छ।

एक्टिभिजनले वारजोन मोबाइल बन्द गर्ने घोषणा गर्दै कल अफ ड्युटी फ्रेन्चाइजको भविष्य खेलाडीको प्रतिक्रिया र उत्साहले निर्धारण गर्ने बताएको छ र कल अफ ड्युटी: मोबाइलमा सिजनल सामग्री तथा अपडेटहरू जारी राख्ने जनाएको छ।

मुख्य खेल कल अफ ड्युटी: वारजोन भने अझै पनि एक्सबक्स, ब्याटल डट नेट, प्लेस्टेशन र स्टिममा निःशुल्क रूपमा उपलब्ध रहनेछ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार