यी हुन सेल्फीका लागि उपयुक्त नयाँ स्मार्टफोन, ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा

Technology Khabar १८ बैशाख २०७६, बुधबार

काठमाडौं ।

काठमाडौं । स्मार्टफोनबाट सेल्फी खिच्नेहरुलाई ध्यानमा राख्दै विभिन्न कम्पनीहरुले सेल्फी क्यामराको गुणस्तरमा सुधार गर्दै गईरहेका छन् । स्मार्टफोन निर्माताहरुले सेल्फी क्यामरालाई केन्द्रमा राखेर आफ्ना स्मार्टफोनहरुको बजारीकरण गर्दै गईरहेको सन्दर्भमा केहि कम्पनीहरुले पछिल्ला दिनमा ३२ मोगपिक्सेल सेल्फी क्यामरा भएको स्मार्टफोन लन्च गरिरहेका छन् ।

अहिलेसम्म तीनवटा स्मार्टफोन मोडल जसमा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा छ नेपाली बजारमा लन्च भईसकेका छन् । केहि स्मार्टफोनहरु बजारमा आउने तयारीमा छन जसमा ३२ मेगापिक्सेलकै फ्रन्ट क्यामरा राखिएको छ । हामी यहाँ ३२ मेगापिक्सेल सेल्फी क्यामरा भएका स्मार्टफोनहरुको बारेमा जानकारी दिने प्रयास गर्दैछौं । तर यो कुनै कम्पेरिजन भने होईन् ।

भीभो भी १५ प्रो

नेपाली बजारमा भीभो भी १५ प्रो मार्चमा लन्च भएको थियो भीभो भी १५ प्रो बाट नै बजारमा पप अप सेल्फी क्यामराको ट्रेण्ड स्मार्टफोनमा शुरु भएको हो । यो स्मार्टफोनमा ३२ मेगापिक्सेलको पप अप क्यामरा राखिएको छ। त्यसैगरि यो स्मार्टफोनमा ट्रिपल रियर क्यामरा सेटअप राखिएकोछ जसमा ४८ मेगापिक्सेलको प्राइमरी क्वाड पिक्सेल सेन्सर छ ।

यो स्मार्टफोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेजका साथै स्न्यापड्रागन ६७५ प्रोसेसर तथा ६.३९ इन्चको डिस्प्ले छ ।

भीभो भी १५

भीभो भी १५ प्रोको सस्तो भर्सनको रुपमा नेपाली बजारमा भीभो भी १५ आएको हो । यो स्मार्टफोनमा पनि सेल्फीका लागि भी १५ प्रोको जस्तै ३२ मेगापिक्सेलको पप अप सेल्फी क्यामरा राखिएको छ । फोनमा ट्रिपल रियर क्यामरा राखिएको छ भने यसको प्रोसेसर मिडियाटेक हेलियो रहेको छ ।

सामसंग ग्यालेक्सी ए ७०

हालै सार्वजनिक भएको सामसंगको ग्यालेक्सी ए ७० पनि ३२ मेगापिक्सेलको सेल्फी क्यामरा भएको स्मार्टफोन हो ।

यो स्मार्टफोनमा फ्रन्ट तथा रियर दुबैमा ३२ मेगापिक्सेलको सेन्सर प्रयोग गरिएको छ । यसमा प्रयोगकर्ताले एआर इमोजी तथा सेल्फी फोकस जस्तो फिचरको प्रयोग गर्नसक्दछ । यो स्मार्टफोनमा ६.७ इन्चको डिस्प्ले ६ जीबी र्याम र १२८ जीबी स्टोरज राखिएको छ भने स्न्यापड्रागन ६७५ प्रोसेसर प्रयोग गरिएकोछ ।

यीबाहेक बजारमा आउनसक्ने अन्य स्मार्टफोन पनि छन जसमा ३२ मेगापिक्सेलको क्यामरा छ ।

रेडमी वाई ३

यो स्मार्टफोन हाल नेपाली बजारमा उपलब्ध छैन तर आउन सक्ने संभवना छ । साओमीको रेडमी वाई ३ स्मार्टफोन पनि सेल्फीलाई केन्द्रित राखेर बनाइृएको हो । सेल्फी प्रेमीहरुका लागि ध्यानमा राखेर यो फोनमा पनि ३२ मेगापिक्सेलको क्यामरा राखिएको छ । यो स्मार्टफोनमा सामसंगको ३२ मेगापिक्सेलको आइसोसेल ब्राइट जीडिवान इमेज सेन्सरको प्रयोग गरिएको छ । यो स्मार्टफोनको स्पेसिफिकेसन भने उल्लेखित स्मार्टफोनहरुको तुलनामा कम स्ट्याण्डर्डको छ ।

अनर २० आई

अनर स्मार्टफोन ब्राण्ड नेपाली बजारमा पनि उपलब्ध रहेको छ तर हाल अनरका नयाँ स्मार्टफोनहरु भने आएका छैनन् । अनरको नयाँ स्मार्टफोन अनर २० आईमा पनि ३२ मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ । यो फोन हाल चीनमा मात्र लन्च भएको छ ।

ह्वावेको आफ्नै प्रोसेसर राखिएको यो स्मार्टफोनमा विभिन्न भेरिएन्टहरुमा रहेको छ । यो स्मार्टफोनमा ट्रिपल रियर क्यामरा राखिएको छ जसमा २४ मेगापिकसेलको प्राइमरी क्यामरा रहेको छ ।

प्रकाशित: १८ बैशाख २०७६, बुधबार

तपाइको प्रतिक्रिया