सामाजिक सञ्जालमार्फत तथ्यहिन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफल पक्राउ

  • Technology Khabar | १३ माघ २०८२, मंगलवार
सामाजिक सञ्जालमार्फत तथ्यहिन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफल पक्राउ

काठमाडौं ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सामाजिक सञ्जालमार्फत तथ्यहिन अभिव्यक्ति तथा गाली बेइज्जती गरेको आरोपमा युवराज सफललाई पक्राउ गरेको छ।

प्रहरीले महान्यायाधिवक्ताको कार्यालय र माननीय महान्यायाधिवक्ता ज्यूको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाइएको देखिएको भन्दै प्रहरीले पक्राउ गरेको प्रवक्ता/सूचना अधिकारी पवन कुमार भट्टराईले जानकारी दिए।

महान्यायाधिवक्ताको कार्यालयको २०८२ माघ ८ गतेको पत्रसाथ प्राप्त हुन आएको भिडियो क्लिपहरू अनुसन्धान तथा विश्लेषण गर्दा युवराज सफल भन्ने युवराज पौडेलले महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ताको बारेमा तथ्यहिन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गरेको देखिएकोले निजलाई पक्राउ गरीएको उल्लेख छ।

पौडेलविरुद्ध विद्युतीय अपराधको कसुरमा अनुसन्धान सुरु भएको छ। सो बारेमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रकाशित: १३ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार