
काठमाडौं ।
एप्पलले ब्ल्याक हिस्ट्री मन्थलाई सम्मान गर्न एप्पल वाचको लागि आफ्नो नयाँ ब्ल्याक युनिटी ब्रेडेड सोलो लूप ब्यान्डको घोषणा गरेको छ। कम्पनीले ब्ल्याक हिस्ट्री मन्थ मनाउन वाच ब्यान्ड जारी गरेको यो पहिलो पटक भने होइन।
नयाँ ब्यान्ड ब्ल्याक क्रिएटिभस् र एप्पलका साझेदारहरूद्वारा इन–हाउस डिजाइन गरिएको हो। यो ब्यान्डले पान–अफ्रिकी झण्डाको रङ्गहरू प्रतिनिधित्व गर्दछ भने एडाभान्स्ड प्रेसिजन–ब्रेडिङ्ग मेसिनरी प्रयोग गरेर पुनर्नवीनीकरण गरिएको पलिएस्टरबाट बनेको छ। यो स्पर्श गर्दा नरम हुनुका साथै यो पसिना र पानी प्रतिरोधी भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ब्ल्याक युनिटी ब्यान्ड एप्पलको आधिकारिक वेबसाइटमा उपलब्ध भएको र एप्पल स्टोरहरूले यो हप्ताको अन्त्यसम्ममा प्राप्त गर्नेछन्। ब्यान्डको मूल्य ९९ अमेरिकी डलर कायम गरिएको छ भने यो ४२ एमएम र ४६ एमएम भेरियन्टहरूमा उपलब्ध छ।
उपलब्ध ब्यान्ड साइजहरू ० र १२ बीचका रहेका छन् भने एप्पल वाच एसई र एप्पल वाच अल्ट्रा सहित एप्पल वाच सिरिज ४ वा पछिकोसँग जोड्न सकिने छ।
प्रकाशित: १४ माघ २०८२, बुधबार