
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपालमा पूर्ण रूपमा नयाँ अनर एक्स ९डी (HONOR X9d) को लन्चिङ गरेको छ।
आधुनिक प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको, अनर एक्स ९डी २.५ मिटर ड्रप प्रतिरोध, उद्योग-अग्रणी आईपी६९के रेटिङ, लामो समयसम्म टिक्ने ८३०० एमएएच ब्याट्री, र उच्च-रिजोल्युसन १०८ मेगापिक्सेल क्यामराले सुसज्जित छ जसले हरेक क्षणलाई आश्चर्यजनक विवरणमा कैद गर्ने कम्पनीको भनाई छ।
अनर एक्स ९डी दुई भेरियन्टहरूमा उपलब्ध हुनेछ। यसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य रु. ५४,९९९ तोकिएको छ भने १२ जीबी र्याम र २५६ जीबी र्याम भएको भेरियनन्टको मूल्य रु. ५९,९९९ छ।

यसका साथै कम्पनीले अनर एक्स ९डीको प्रि-बुकिंग समेत खुलाएको छ जुन शुक्रबारदेखि आउँदो जनवरी २८ अर्थात १४ गतेसम्म चल्नेछ, जसले प्रारम्भिक ग्राहकहरूको लागि असाधारण मूल्य प्रदान गर्दछ।
यस विशेष प्रि-बुकिंग अफरको अंशको रूपमा, ग्राहकहरूले रु. १५,९९९ मूल्यको नि:शुल्क अनर च्वाइस वाच २ प्रो प्राप्त गर्नेछन्। यसका साथै रु. २०,००० बराबरको स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीको क्षति मर्मतको साथ थप सुविधा र १ वर्षको सर्भिस अफर प्राप्त गर्नेछन्।
यसैगरी, एक भाग्यशाली प्रि-बुकिंग गर्ने ग्राहकले रु. ५८,९९,९९९ मूल्यको नयाँ डीपल एस०५ इभी जित्ने मौका पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: १० माघ २०८२, शनिबार