
काठमाडौं ।
अनरले चीनमा म्याजिक८ प्रो एयर र म्याजिक८ आरएसआर पोर्श एडिशन अनावरण गरेको छ। नयाँ स्मार्टफोनहरूसँगै कम्पनीले वाच जीएस ५ पनि प्रस्तुत गरेको छ। वाच जीएस ५ वाच जीएस ३ को उत्तराधिकारी हो।
अनर वाच जीएस ५ मा १,५०० निट्स ब्राइटनेस भएको १.३२ इन्चको सर्कुलर (गोलाकार) एएमओएलईडी डिस्प्ले छ। वाच जीएस ५ मा एल्युमिनियम अलोयबाट बनेको ४४ एमएम केस रहेको छ भने पछाडि रिइन्फोर्सड् पोलिमर फाइबर प्रयोग गरेको छ।
स्मार्टवाचको तौल केवल २६ ग्राम छ भने मोटाई ९.९ एमएम रहेको छ। एउटा साइड बटन रहेको स्मार्टवाचमा ५एटीएम पानी प्रतिरोधको साथ आईपी६८ रेटिङ प्राप्त गरेको छ। स्मार्टवाचलाई कालो वा खाकी छालाको स्ट्य्रापसँग पेयर्ड गर्न सकिने छ।
वाच जीएस ५ स्मार्टवाचले अचानक हृदयघात स्क्रिनिङको लागि अनुसन्धानलाई समर्थन गर्ने र हृदय जोखिम मूल्याङ्कन पनि प्रदान गर्ने उद्योगको एक मात्र स्मार्टवाच भएको अनरले दाबी गरेको छ। कम्पनीले आफ्नो अनुसन्धान टोलीले उच्च जोखिमको रूपमा पहिचान गरिएका प्रयोगकर्ताहरूको लागि टेलिफोन फलो–अपहरू प्रदान गर्न सक्ने थप उल्लेख गरेको छ।
यो स्मार्टवाचले एट्रियल फाइब्रिलेसन, स्लीप एपनिया, प्रिअमेच्योर बिट्स र अनियमित मुटुको धड्कन चाल जस्ता अवस्थाहरूको लागि प्रारम्भिक चेतावनी प्रदान गर्दछ भने रगतमा अक्सिजन स्तर, तनाव, निद्रा एचआरभी र मुटुको गतिको लागि २४/७ स्वास्थ्य निगरानी पनि प्रदान गर्दछ।
स्मार्टवाचमा ४९५एमएएच सिलिकन–कार्बन ब्याट्री प्याक गरिएको छ। स्मार्टवाचको ब्याट्री अलवेज–अन डिस्प्ले (एओडी) बिना २३ दिनसम्म र एओडीसँग ९ दिनसम्म प्रयोग गर्न सक्ने दाबी गरिएको छ।
वाच जीएस ५ ले ब्लुटुथ ५.४, एनएफसी र फाइभ स्याटेलाइट पोजिसनिङ सिस्टमहरूलाई समर्थन गर्दछ भने ब्लुटुथ कलिङको लागि निर्मित माइक्रोफोन र स्पिकर समावेश गर्दछ। स्मार्टवाचले ४जीबी आन्तरिक स्टोरेज पनि प्याक गर्दछ र एन्ड्रोइड ६.० वा पछिका साथै आईओएस ९.० र माथिका संस्करणहरूमा चल्ने स्मार्टफोनहरूसँग उपयुक्त हुने बताइएको छ।
स्मार्टवाच हाल चीनमा प्रि–अर्डरको लागि उपलब्ध रहेको र जनवरी २३ देखि बिक्री गरिने छ। स्मार्टवाचको मूल्य ६९९ चिनियाँ युआन (१०० अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ९ माघ २०८२, शुक्रबार