
काठमाडौं ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन्।
आजै प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा बुझाएपछि आयोजना गरेको पत्रकार सम्मेलनमार्फत खरेलले यस्तो घोषणा गरेका हुन्।
आफूले कुन पार्टीबाट चुनाव लड्ने भन्ने विषयमा पछि बताउने उल्लेख गरे। उनले भोलि ११ बजेसम्म पार्टीको नाम पनि थाहा हुने बताए । उनीसम्वद्ध स्रोतहरुले भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर २ को उम्मेद्वार बन्नसक्ने बताएका छन्।
यसअघिदेखिनै यस बारेमा छलफल हुँदै आएको स्रोतले जानकारी दिएको छ।
प्रकाशित: ५ माघ २०८२, सोमबार