नासाद्वारा पान्डोरा टेलिस्कोप प्रक्षेपण: बस्न योग्य ग्रह खोज्नमा जेम्स वेबलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा

  • Technology Khabar | ६ माघ २०८२, मंगलवार
नासाद्वारा पान्डोरा टेलिस्कोप प्रक्षेपण: बस्न योग्य ग्रह खोज्नमा जेम्स वेबलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा
तस्बिर: लाइभसाइन्स

काठमाडौं ।

जेम्स वेब स्पेस टेलिस्कोपले बस्न योग्य एक्सोप्लानेटहरूको खोजी गर्दै आएको प्रयासलाई अब यसको नयाँ सहायक ताराहरुको निरीक्षण गर्ने पान्डोराबाट ठूलो सहयोग मिल्ने भएको छ।

जनवरी ११, २०२६ मा क्यालिफोर्नियाको कडाइका साथ नियन्त्रित भ्यान्डेनबर्ग स्पेस फोर्स बेसमा म उत्सुकताका साथ हेर्दै थिएँ, जब स्पेसएक्सको फाल्कन ९ रकेटले नासाको नयाँ एक्सोप्लानेट टेलिस्कोप पान्डोरालाई कक्षामा पुर्‍यायो।

एक्सोप्लानेट भनेका अन्य ताराहरूको वरिपरि घुम्ने ग्रहहरू हुन्। पृथ्वीबाट हेर्दा यी ग्रहहरू अत्यन्तै क्षीण बिन्दुजस्ता देखिन्छन्, किनकि तिनीहरू आफ्ना होस्ट तारासँग नजिकै हुन्छन्, जुन ग्रहभन्दा लाखौँदेखि अर्बौँ गुणा उज्याला हुन्छन् र ग्रहबाट परावर्तित प्रकाशलाई ढाकिदिन्छन्।

पान्डोरा टेलिस्कोपले नासाको जेम्स वेब स्पेस टेलिस्कोपसँग मिलेर यी टाढाका ग्रहहरू र तिनीहरूका ताराहरूको अध्ययन गर्नेछ।

अन्य ताराहरू वरिपरिका ग्रह र एस्ट्रोबायोलोजीमा केन्द्रित विशेषज्ञता बोकेका एरिजोना विश्वविद्यालयका एक खगोलशास्त्र प्राध्यापक पान्डोराको सह–अनुसन्धानकर्ता हुन् र यसको एक्सोप्लानेट विज्ञान कार्यसमूहको नेतृत्व पनि उनैले गरेका छन्।

‘हामीले पान्डोरालाई एउटा ठूलो अवरोध तोड्ने उद्देश्यसहित निर्माण गरेका हौँ—डाटामा देखिने एउटा “न्वाइज” को स्रोत बुझ्न र हटाउन, जसले साना एक्सोप्लानेटहरूको सूक्ष्म अध्ययन र त्यहाँ जीवन खोज्ने हाम्रो क्षमतालाई सीमित गरिरहेको छ’, उनले भने।

एक्सोप्लानेट कसरी अवलोकन गरिन्छ?

लाइभसाइन्सका अनुसार खगोलविद्हरूले एक्सोप्लानेटको वायुमण्डल अध्ययन गर्न एउटा तरिका प्रयोग गर्छन्। ग्रह आफ्नो होस्ट ताराको अगाडिबाट पार हुँदै गर्दा ताराको प्रकाश ग्रहको वायुमण्डल हुँदै फिल्टर हुन्छ र यसलाई अवलोकन गर्न सकिन्छ।

यी ‘ग्रहहरुको ट्रान्जिट’ अवलोकनहरू मैनबत्तीको अगाडि रातो रक्सीको गिलास समातेजस्तै हुन्। गिलास हुँदै आएको प्रकाशले रक्सीको गुणस्तरबारे सूक्ष्म जानकारी दिन्छ। त्यस्तै ग्रहको वायुमण्डल हुँदै आएको ताराको प्रकाश विश्लेषण गर्दा पानीको वाफ, हाइड्रोजन, बादल र सम्भावित जीवनका संकेतसम्म पत्ता लगाउन सकिन्छ। सन् २००२ मा यी प्रविधिमा सुधार भएपछि नयाँ संसारहरू बुझ्ने रोमाञ्चक ढोका खुलेको थियो।

केही समयसम्म सबै ठीकजस्तो देखियो। तर २००७ पछि खगोलविद्हरूले तारामा देखिने स्टारस्पट्सका नामले चिनिने चिसा र सक्रिय क्षेत्रहरू—ले ट्रान्जिट मापनलाई बिगार्न सक्ने महसुस गर्न थाले।

२०१८ र २०१९ मा तत्कालीन पीएचडी विद्यार्थी बेन्जामिन भी. र्‍याकहम, खगोलभौतिकविद् मार्क जियाम्पापा र यी अनुसन्धाताले संयुक्त रूपमा प्रकाशित अध्ययनहरूमा गाढा स्टारस्पट र चम्किला, चुम्बकीय रूपमा सक्रिय क्षेत्रहरूले एक्सोप्लानेटसम्बन्धी मापनलाई गम्भीर रूपमा भ्रमित पार्न सक्ने देखाइएको थियो। यो टोलीले यस समस्यालाई “ट्रान्जिट लाइट सोर्स इफेक्ट” नाम दिएका थिए।

धेरैजसो ताराहरू सक्रिय हुन्छन्, तिनमा दाग देखिन्छन् र तिनीहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन्। उनीहरुले यी परिवर्तनहरूले एक्सोप्लानेटबाट आउने संकेतहरूलाई नै बदलिदिन्छन् भन्ने देखाए।

अझ समस्या के भने केही ताराहरूको माथिल्लो तहमा पानीको वाफ पनि हुन्छ जुन प्रायः स्टारस्पटभित्र बाहिरभन्दा बढी देखिन्छ। यसले गर्दा खगोलविद्हरूले ग्रहमा पानीको वाफ भेटिएको ठान्न सक्छन् तर त्यो वास्तवमा ताराकै कारण हुन सक्छ।

२०२१ मा जेम्स वेब स्पेस टेलिस्कोप प्रक्षेपण हुनुभन्दा तीन वर्षअघि प्रकाशित उनीहरुका अध्ययनहरूमा टोलीले वेबले आफ्नो पूर्ण क्षमतामा पुग्न नसक्ने चेतावनी दिएका थिए। खतरा औँल्याएका थिए। खगोलविद्हरूले उनीहरु झिलिमिली र अस्थिर मैनबत्तीको उज्यालोमा रक्सीको गुणस्तर मूल्याङ्कन गर्न खोजिरहेका थियौँ भन्ने बुझ्न थाले।

प्रकाशित: ६ माघ २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...