
काठमाडौं ।
गुगलले गुगल अर्थ फ्लाइट (उडान) सिम्युलेटर प्रस्तुत गरेको छ। साथै गुगल अर्थ फ्लाइट (उडान) सिम्युलेटर निःशुल्क प्रयास गर्न सकिने छ। नयाँ टुलले प्रयोगकर्तालाई माथिबाट विश्व अन्वेषण गर्न दिनेछ।
पेशेवरहरूको सट्टा अनौपचारिक प्रयोगकर्ताहरूलाई लक्षित गरीएको यो टुलको साथ प्रयोगकर्ताहरूले एक गन्तव्यबाट अर्को गन्तव्यमा यात्रा गर्दा थ्रीडी भवनहरू र शानदार इमेजरी हेर्न सक्नेछन्।
प्रयोगकर्ताहरूले earth.google.com मा गएर, एक्सप्लोर अर्थमा क्लिक गरेर, टुल ओपन गरेर त्यसपछि फ्लाइट (उडान) सिम्युलेटर चयन गरेर फ्लाइट सिम्युलेटर पहुँच गर्न सक्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
Prepare for takeoff. ✈️ Flight simulator is now available globally on web to all users. https://t.co/jV5ZW7BZeW
We've recently added many our most powerful professional desktop features to web. Elevation profiles, new import types, but there's always been one other feature… pic.twitter.com/s11NDaCx60
— Google Earth (@googleearth) June 12, 2026
प्रकाशित: २ असार २०८३, मंगलवार