गुगल क्रोमलाई हामी च्याटजीपीटीसँग के कुरा गर्छौं भन्ने बारे थाहा हुन्छ ! तर कसरी?

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
गुगल क्रोमलाई हामी च्याटजीपीटीसँग के कुरा गर्छौं भन्ने बारे थाहा हुन्छ ! तर कसरी?
फाइल तस्बि्र

काठमाडौं ।

साइबर सुरक्षा विज्ञहरूले दुई खतरनाक गुगल क्रोम एक्सटेन्सनहरू पत्ता लगाएका छन्। तिनीहरुले च्याटजीपीटी र डीपसिक सहित आर्टिफिसियल इन्टेलिजेन्स “च्याटबटहरू” सँगको कुराकानीबाट प्रयोगकर्ताहरूको निजी जानकारी सङ्कलन गरिरहेका छन्।

“च्याट जीपीटी फर क्रोम विथ जीपीटी ५, क्लाउड सनेट एन्ड डीपसिक एआई” र “एआई साइडबार विथ डीपसिक, च्याटजीपीटी, क्लाउड, एन्ड मोर” नामक एक्सटेन्सनहरू आधिकारिक क्रोम स्टोरबाट हटाइनु अघि ९ लाखभन्दा बढी प्रयोगकर्ताहरूद्वारा इन्स्टल (स्थापना) गरिएको टेलिग्राफले रिपोर्ट गरको छ।

तिनीहरूले प्रत्येक ३० मिनेटमा प्रयोगकर्ताहरूले भ्रमण गरेका कुराकानीहरू र पृष्ठहरू गोप्य रूपमा पठाउने गरेको थाहा हुन आएको छ।

“प्रम्प्ट पोचिङ” भनेर चिनिने यो अभ्यासले व्यक्तिगत जानकारी, व्यावसायिक विचारहरू र गोप्य डाटालाई जोखिममा पार्नुका साथै बाह्य आक्रमणकारीहरूका लागि पहुँचयोग्य हुने विज्ञहरूले चेतावनी दिएका छन्।

प्रयोगकर्ताहरूलाई तिनीहरूको एड–अन्स जाँच गर्न, अनक्लियर ओरिजिन (अस्पष्ट उत्पत्ति) भएकाहरूलाई हटाउन र निश्चित नभएसम्म पृष्ठहरूको कन्टेन्ट (सामग्री) पहुँच गर्न अनुमति नदिन सल्लाह दिइएको छ।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार