डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एक महिनामै साढे दुई अर्बले बढ्यो

  • Technology Khabar | ३० पुष २०८२, बुधबार
डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम एक महिनामै साढे दुई अर्बले बढ्यो

काठमाडौं ।

नेपालमा डिजिटल वालेटमार्फत हुने भुक्तानी रकम र सङ्ख्या दुवै चालु आर्थिक वर्षको पाँचौं महिना मंसिरमा उल्लेख्य रुपमा बढेको पाइएको छ। यसअघि कार्तिक महिनामा भने कारोबार रकम घटेको र सङ्ख्या बढेको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ मंसिरम्मको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेट मार्फत हुने भुक्तानी कारोबार रकम तथा सङ्ख्या दुवैमा उल्लेख्य बढोत्तरी देखिएको हो।

असोजबाट कार्तिकमा जाँदा डिजिटल वालेट मार्फत हुने कारोबार ३ अर्ब १३ करोड ९० लाखले घटेर समग्रमा ४३ अर्ब ८१ करोड ६० लाख झरेको थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्म आइपुग्दाको एक महिनामा भने कारोबार रकम २ अर्ब ५० करोड ६० लाखले बढेर समग्रमा ४६ अर्ब ३२ करोड २० लाख पुगेको छ।

यसैगरी कारोबार सङ्ख्या असोजबाट कार्तिक मसान्तसम्म आइपुग्दा  ६ लाख १२ हजार ९१ ले बढेर समग्रमा ३ करोड ७८ लाख ५२ हजार ५३८ मा आइपुगेको थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्म आइपुग्दा २७ लाख ४६ हजार ७२७ ले बढेर यो आँकडा ४ करोड ५ लाख ९९ हजार २६५ पुगेको विवरणमा उल्लेख छ।

प्रकाशित: ३० पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...