इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार: मंसिरमा रकम र कारोबार दुवै बढ्यो

  • Technology Khabar | २८ पुष २०८२, सोमबार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार: मंसिरमा रकम र कारोबार दुवै बढ्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को पाँचौं महिना मंसिर मसान्तमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य वृद्धि भएको छ। यो प्रवृत्ति असोजबाट कार्तिक मसान्तसम्म आइपुग्दा ठिक उल्टो थियो। अर्थात् उक्त अवधिमा कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य गिरावट आएको थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ मंसिर समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य  वृद्धि भएको पाइएको हो।

कार्तिकमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ४ लाख ७२ हजार ४७५ रहेको थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्को एक महिनाको अवधिमा २८ हजार २७७ बढेर समग्रमा ५ लाख ७५२ पुगेको छ।

कारोबार रकम गत कार्तिकमा १७ अर्ब ८७ करोड ५० लाख थियो। कार्तिक मसान्तबाट मंसिर मसान्तसम्मको एक महिनाको अवधिमा २ अर्ब २ करोड ६७ लाख रुपैयाँले बढेर समग्रमा २० अर्ब १४ करोड २० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २८ पुष २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार