
काठमाडौं ।
काठमाडौं, १२ कात्तिक । निली ईन्टरनेशनलले दि होम स्टुडियो नामक नयाँ फर्निचर शोरुम मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । काठमाडौंको नक्सालस्थित शोरुम अन्तराष्ट्रिय स्तरका विभिन्न ब्राण्डका घर भित्रका लागी आवश्यक पर्ने लेमिनेट, म्याट्रेस, बेड, वालपेपर, कार्पेट आदि बिक्रि वितरणको लागी सञ्चालनमा ल्याइएको हो ।
दि होम स्टुडियोलाई बेगानी समुहको भगीनी संस्था निली ईन्टरनेशनलले सञ्चालनमा ल्याएको हो । यो शोरुम कम्पनीको पहिलो र एकमात्र शोरुम रहेको छ । यो शोरुममा अमेरिकाको बहुचर्चित पेप्स ब्राण्डका म्याट्रेस, जर्मनीको क्रानो ओरिजनल ब्राण्डको उड्न लेमीनेट फ्लोरिङ्ग, जर्मनीको लीनारी ब्राण्डको होम फ्रयाग्नेन्स, फ्रान्सको कासाडेको ब्राण्डको वाल पेपर तथा युरोपमा निर्यात हुने नेपाली कार्पेट पाईने छ । यी सम्पूर्ण ब्राण्डका सामानहरुलाई नीली ईन्टरनेशनलले नेपालभरि होलसेल मुल्यमा बिक्रि वितरण गरिने जनाएको छ ।
शोरुममा पाईने पेप्स म्याट्रेसको न्यूनतम मुल्य रु. १८ हजार, क्रोनो आरिजीनल लेमिनेटको प्रति स्क्वायर फिट न्यूनतम मूल्य रु. ९०, कासाडेको वालपेपरको प्रति स्क्वायर फिट न्यूनतम मूल्य रु. ३०, लीनारी होम फ्रयाग्नेन्सको प्रति ओटा न्यूनतम मूल्य रु. ९ हजार र नेपाली कार्पेटको प्रति स्क्वायर फिट न्यूनतम मूल्य रु. १५०० रहेको छ । शोरुम समुद्घाटनको अवसरमा विभिन्न सामानमा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
यो शोरुम स्थापनाको मुख्य लक्ष्य विश्व बजारमा आएको नयाँ नयाँ उत्पादन, नयाँ नयाँ डिजाईन र शैलीलार्ई नेपाली उपभोक्ता माझ पुरयाउने रहेको बेगानी समुहका कार्यकारी अधिकृत अमित बेगानीले बताए ।
प्रकाशित: १२ कार्तिक २०७१, बुधबार