न्यूरालिंकले सन् २०२६ देखि ब्रेन इम्प्लान्ट चिपको बृहत् उत्पादन गर्ने योजना बनाएको मस्कको भनाइ

  • Technology Khabar | १८ पुष २०८२, शुक्रबार
न्यूरालिंकले सन् २०२६ देखि ब्रेन इम्प्लान्ट चिपको बृहत् उत्पादन गर्ने योजना बनाएको मस्कको भनाइ

काठमाडौं ।

अर्बपति इलन मस्कको ब्रेन–कम्प्युटर इन्टरफेस कम्पनी न्यूरालिंकले सन् २०२६ देखि मस्तिष्कमा जडान गरिने इम्प्लान्ट उपकरणको “बृहत् उत्पादन” सुरु गर्ने योजना बनाएको मस्कले बताएका छन्। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा बुधबार गरिएको पोस्टमा उनले इम्प्लान्ट जडान प्रक्रिया पूर्ण रूपमा स्वचालित शल्यक्रियामार्फत गरिने जानकारी दिएका हुन्।

यस विषयमा न्यूरालिंकले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया जनाएको छैन।

रोयटर्सका अनुसार न्यूरालिंकको ब्रेन इम्प्लान्ट मेरुदण्डमा चोट लागेका जस्ता अवस्थाका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले विकास गरिएको हो। कम्पनीका अनुसार पहिलो प्रयोगकर्ताले यस इम्प्लान्टको प्रयोग गरी भिडियो गेम खेल्ने, इन्टरनेट ब्राउज गर्ने, सामाजिक सञ्जालमा पोस्ट गर्ने र ल्यापटपमा कर्सर चलाउने काम गरिरहेका छन्।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले सुरक्षासम्बन्धी चिन्ता व्यक्त गर्दै सन् २०२२ मा प्रारम्भिक आवेदन अस्वीकार गरेपछि आवश्यक सुधार पूरा गरेसँगै न्यूरालिंकले सन् २०२४ मा मानव परीक्षण सुरु गरेको थियो।

न्यूरालिंकले गत सेप्टेम्बरमा विश्वभर गम्भीर पक्षघात भएका १२ जनाले आफ्नो ब्रेन इम्प्लान्ट प्राप्त गरिसकेको र सोचको माध्यमबाट डिजिटल तथा भौतिक उपकरणहरू नियन्त्रण गरिरहेको जनाएको थियो। यसैबीच, कम्पनीले जुन महिनामा सम्पन्न लगानी चरणमार्फत ६५० मिलियन डलर पूँजीसमेत सुरक्षित गरेको छ।

प्रकाशित: १८ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १८ पुष २०८२, शुक्रबार

NOC from Nagarik App

  • १८ पुष २०८२, शुक्रबार

E-pension verification system launched

  • १८ पुष २०८२, शुक्रबार