सामसङले अमेरिकामा ग्यालेक्सी ए१७ र ग्यालेक्सी ट्याब ए११+ लन्च गर्यो

  • Technology Khabar | १७ पुष २०८२, बिहीबार
सामसङले अमेरिकामा ग्यालेक्सी ए१७ र ग्यालेक्सी ट्याब ए११+ लन्च गर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङले अन्ततः अमेरिकामा ग्यालेक्सी ए१७ फाइभजी लन्च गरेको छ। वश्वको अन्य बजारहरूमा भने यो फोन गत अगस्टमा लन्च गरिएको थियो। यो फोनसँगै अमेरिकामा ग्यालेक्सी ट्याब ए११+ पनि लन्च गरिएको छ र नोभेम्बरको सुरुमा अन्य बजारहरूमा रिलिज गरिएको थियो।

ग्यालेक्सी ए१७ फाइभजी जनवरी ७ देखि एटी एन्ड टी, टी–मोबाइल, मेट्रो बाई टी–मोबाइल, भेरिजोन र सामसङ एक्सपेरियन्स स्टोरहरूमा १९९.९९ अमेरिकी डलरमा उपलब्ध हुनेछ। यो फोन कालो, नीलो र खैरो रङ्गमा उपलब्ध हुनेछ। सामसङले अमेरिकामा ४ जीबी र्याम र १२८ जीबी विस्तारयोग्य स्टोरेजको सहितको मोडेल बिक्री गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो फोनमा ९० हर्ज रिफ्रेस रेट भएको ६.७ इन्चको १०८०×२३४० सुपर एमोलेड टचस्क्रिन, ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा, ५ मेगापिक्सेलको अल्ट्रावाइड, २ मेगापिक्सेलको म्याक्रो क्यामरा, १३ मेगापिक्सेलको सेल्फी क्यामरा र २५ वाट वायर्ड चार्जिङ सपोर्ट गर्ने ५,००० एमएएच ब्याट्री समावेश गरिएको छ। साथै ग्यालेक्सी ए१७ फाइभजी सामसङको एक्सिनोस १३३० एसओसीद्वारा संचालित छ।

ग्यालेक्सी ट्याब ए११+ जनवरी ८ देखि खैरो र चाँदी रङ्गमा २४९.९९ अमेरिकी डलरमा उपलब्ध हुनेछ। यो ट्याब्लेटमा ८ जीबी र्याम र २५६ जीबी विस्तारयोग्य स्टोरेज समावेश गरिएको छ। यो वाइफाइ–वन्लि संस्करणको ट्याब्लेटमा फाइभजी–सक्षम पुनरावृत्ति पनि हुनेछ।

यो ट्याब्लेटमा ९० हर्ज रिफ्रेस रेट भएको ११ इन्चको १९२०×१२०० एलसीडी टचस्क्रिन, मेटल युनिबडी कन्स्ट्रक्सन, मिडियाटेक डाइमेन्सिटी ७३०० एसओसी, ८ मेगापिक्सेलको रियर क्यामरा, ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा र २५ वाट वायर्ड चार्जिङ सपोर्ट भएको ७,०४० एमएएच ब्याट्री रहेको छ।

 

प्रकाशित: १७ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार