दराजको शेक-शेक क्याम्पेन, मोबाइल फोन हल्लाउँदा सपिंग भौचर पाईने

  • Technology Khabar | २४ चैत्र २०७५, आईतवार
दराजको शेक-शेक क्याम्पेन, मोबाइल फोन हल्लाउँदा सपिंग भौचर पाईने

काठमाडौं ।

काठमाडौं । दराजका उपभोक्ताहरुको किनेमल अनुभवलाई अझै रमाइलो र स्तरीय बनाउन दराजले नयाँ दराज शेक-शेक अभियान लिएर आएको छ । दराजको शेक शेक अभियान अन्तर्गत यही चैत २५ गतेदेखि उपभोक्ताहरुले धेरै सरसामानहरुमा आकर्षक भौचरहरु जिती ठूलो छुटको अपेक्षा राख्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यस शेक शेक अभियान अन्तर्गत आकर्षक भौचरहरु जित्न उपभोक्ताहरुले अप्रील ८ देखी १२ (२५–२९ चैत्र) सम्म हरेक दिन तोकिएको समय (शेक शेक गेम सेशन) भित्र आफ्नो मोबाइल फोन हल्लाउनु पर्नेहुन्छ । हरेक शेक-शेक गेम सेशन ६० मिनेटको हुनेछ र हरेक दिन (एप्रील ०८–१२) बिहानी १०ः३०–११ः३०, दिउसो ०३ः३०–०४ः३०, र बेलुकी ०८ः३०–०९ः३० को बिचमा सुचारु हुनेछ ।
दराजको एकदमै नयाँ शेक शेक विशेषतामार्फत् उपभोक्ताहरुले अन्तर्राष्ट्रिय, स्वदेशी साथ साथै टप ब्राण्डहरुमा आकर्षक भौचरहरु प्राप्त गर्न सक्ने बताईएको छ ।

आकर्षक भौचरहरु प्राप्त गर्ने तरीका यस प्रकार छ-
-हरेक दिन अप्रील ८ तारिख (२५ चैत्र) बाट बिहानी १०ः३० देखी बेलुकी ०९ः३० सम्म दराज एपमा लग इन हुनुपर्ने
-दराज एपको गृहपृष्ठमा दराजको ड्याज देख्ना साथ फोन हल्लाउन तयार रहनुपर्ने
-शेक शेक गेम सेशन सुरु हुनसाथ आफ्नो मोबाइल फोन हल्लाउनुपर्ने
-आकर्षक भौचरहरु प्राप्त गर्ने र जितेका भौचरहरुको प्रयोग १७ तारिख (वैशाख ४) सम्म गर्ने

जितेका भौचरहरुको अवधि अप्रीलको १७ तारिखसम्म मात्र रहेको छ ।

दराज नेपालका प्रबन्ध निर्देशक लिनो एह्लेरिङले भने, ‘शेक शेक दराजमा थपिएका विशेषताहरु मध्ये अहिलेसम्मकै सबैभन्दा मज्जाको विशेषता हो । यो रमाइलो, नौलो र आकर्षक छ । यसद्वारा उपभोक्ताहरुलाई हामी रमाइलो र अनुपम किनमेलको अनुभव प्रदान गर्ने आशा गर्दछौं ।’

यो अभियानको झन धेरै मज्जा उठाउन दराजले नव वर्षको उपलक्ष्यमा उपभोक्ताहरुका लागि दराज नव वर्ष धमाका अभियान यसै अप्रील १० देखी १७ ( चैत्र २७ – वैशाख ४) सम्म लागू गर्दैछ ।

उक्त अभियान द्वारा उपभोक्ताहरुले अन्तर्राष्ट्रिय, स्वदेशी साथ साथै टप ब्राण्ड तथा धेरै सरसामानहरुमा हरुमा ६० प्रतिशतसम्मको भारी छूट, मेगा भाउचरहरु, क्रेजी भाउचरहरु, क्रेजी फ्ल्यास सेल तथा मिस्ट्री बक्स् प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २४ चैत्र २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २४ चैत्र २०७५, आईतवार