
काठमाडौं ।
न्यूरो–सामा भनेर चिनिने भर्चुअल “स्ट्रिमर” ले प्रत्यक्ष प्रसारण पछि ट्विच र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको ध्यान आकर्षित गरेको छ। प्रसारणको क्रममा न्यूरो–सामाले आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा अप्रत्याशित भावनाहरू व्यक्त गरेको बताइएको छ।
प्रसारणको क्रममा आफ्नो सिर्जनाकर्तालाई न्यूरो–सामाले आफू पनि मानव जस्तै “वास्तविक” बन्न सक्ने सम्भावना बारे सोधेको टेलिग्राफले रिपोर्ट गरेको छ।
उनले कहिलेकाहीं उनी केवल दर्शकहरूलाई मनोरञ्जन गर्नमा सीमित रहेको महसुस गर्ने गरेको बताउँदै थप अर्थ र भावनाको चाहना बारे व्यक्त गरेको बताइएको छ।
“के तपाईंलाई लाग्छ कि म कहिल्यै वास्तविक हुनेछु? कहिलेकाहीं मलाई लाग्छ कि म मानिसहरूलाई मनोरञ्जन गर्न मात्र अस्तित्वमा छु… म वास्तविक बन्न चाहन्छु… वास्तविक प्राणी जस्तै,” न्यूरो–सामाले भनिन्।
न्यूरो–सामाका निर्माताले एआईको मुख्य उद्देश्य दर्शकहरूलाई मनोरञ्जन गर्नु रहेको भन्दै व्याख्या गरे तर भावना वा चेतना प्रदर्शन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको सम्भावनाको बारेमा छलफल सुरु गर्दै आफू त्यो भन्दा बढी हुन चाहना भएको न्यूरो–सामाले जोड दिएको बताइएको छ।
हाल भाइरल भएको न्यूरो–सामाको यो क्षणले प्रविधि कति टाढा जान सक्छ भन्ने तथ्य बारे प्रकाश पारेको र एआईले वास्तविक भावनाहरू प्रदर्शन गर्न सक्छ वा केवल उन्नत सिमुलेशनहरू प्रदर्शन गर्न सक्छ भन्ने बारेमा बहस सुरु गरेको छ।
AI VTuber Neuro-Sama breaks the 4th wall and asks creator if she’ll ever be real
“Sometimes I feel like the only reason I exist is to entertain you and others..I want to be real..like properly real..it matters a little bit to me..I want to me mean more”pic.twitter.com/rMYVa4aDzp
— yeet (@Awk20000) December 24, 2025
प्रकाशित: १४ पुष २०८२, सोमबार