टिप्स

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा एकाउन्ट चलाउनुस्, सजिलो छ तरिका

फेसबुक मेसेन्जरमा एकैपटक ५ वटा एकाउन्ट चलाउनुस्, सजिलो छ तरिका
Global IME Bank

काठमाडौं । कयौं मानिसहरु यस्ता हुन्छन की उनीहरु फेसबुकमा एक भन्दा धेरै एकाउन्ट प्रयोग गर्ने गर्दछन् । तर उनीहरुलाई सँधै यो समस्या हुन्छ की कसरी एकैपटक ती एकान्टसको म्यासेन्जर प्रयोग गर्ने भनेर । तर यो निकै सजिलो र सहज छ ।

यहाँ हामी तपाईँलाई कसरी एउटै स्मार्टफोनबाट तपाईँले आफ्नो एक भन्दा धेरै फेसबुक मेसेन्जर एकाउन्ट चलाउन सक्नुहुन्छ ।

फेसबुक मेसेन्जरमा तपाईँले एकैपटक पाँचवटासम्म एकाउन्ट जोडेर प्रयोग गर्न सक्नुहुन्छ । यसमा तपाईँले ती सबै एकाउन्टलाई जोड्नुपर्ने हुन्छ । जब तपाईँ आफ्नो नयाँ एकाउन्छ एड गर्नुहुन्छ भने त्यतिबेलासम्म फेसबुक मेसेन्जरले तपाईँलाई परमिशन दिँदैन जबसम्म तपाईँ पासवर्ड सेभ गर्नुहुन्न।

यो गर्दा एउटा विषय भने ध्यान दिनुहोस की तपाईँले एड गरेका कुनैपनि एकाउन्ट पछि हटाउन अर्थात रिमूभ गर्न सक्नुहुन्छ ।

कसरी एड गर्ने नयाँ एकाउन्ट

-आइफोन, आइप्याड वा एन्ड्रोयड एकाउन्टमा एड गर्नको लागि सबैभन्दा पहिले तपाईँले आफ्नो फेसबुक मेसेन्जर खोल्नुहोस् ।
-त्यसमा देखिने आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस्
-त्यसपछि स्क्रोल डाउन गरेर तल जानुस र स्विच एकाउन्टमा जानुस् । यहाँ तपाईँलाई एड एकाउन्टको अप्शन देखिनेछ र त्यसमा ट्याप गर्नुहोस् । त्यसपछि आफ्नो एकाउन्टको डिटेल दिएर ओकेमा ट्याप गर्नुस् । त्यसपछि तपाईँको नयाँ एकाउन्ट जोडिनेछ ।

यसरी एकाउन्ट स्विच गर्नुस्
-आफ्नो सबै एकाउन्ट एड गरेपछि तपाईँले प्रत्येक मेसेन्जर एकाउन्ट प्रयोग गर्न सक्नुहुन्छ । यसमा छुट्टै छुट्टै एकाउन्ट स्विच गर्नको लागि अब मेसेन्जर एप खोल्नुस्
-त्यसपछि तपाईँको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुस् । त्यसमा तपाईँलाई स्चिव एकाउन्ट देखिनेछ । जसमा कुन एकाउन्ट तपाईँ प्रयोग गर्न चाहनुहुन्छ त्यो एकाउन्टमा ट्याप गर्नुस र मज्जाले आफ्ना साथीभाईहरुसँग च्याट र कुराकानी गर्नुस् ।

Sajilo Visa
easy care