स्मार्ट टेलिकमको ‘स्टुडेन्ट सिम’ योजना, एसइईमा सहभागीलाई १ रुपैयाँमा सिम कार्ड

  • Technology Khabar | २२ चैत्र २०७५, शुक्रबार
स्मार्ट टेलिकमको ‘स्टुडेन्ट सिम’ योजना, एसइईमा सहभागीलाई १ रुपैयाँमा सिम कार्ड

काठमाडौं ।

काठमाडौं । स्मार्ट टेलिकमले ‘स्टुडेन्ट सिम’ अन्तर्गत विशेष योजना ल्याएको छ।

यस योजना अन्तर्गत कम्पनीले यसवर्ष एसइईमा सहभागी विद्यार्थीहरुलाई १ रुपैयाँमा ‘स्टुडेन्ट सिमकार्ड’ उपलब्ध गराउने जनाएको छ।

यो सिमकार्ड लिन विद्यार्थीले एसइई प्रवेश पत्रको फोटोकपी सहित आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

स्मार्टले उपलब्ध गराएको, स्टुडेन्ट सिमकार्डमा १५ सय एमबी डाटा रहेको छ, जुन हरेक महिना ५ सय एमबीका दरले ३ महिनासम्म प्राप्त गर्न सकिने बताईएको छ।

सिमकार्ड एसइई दिएका विद्यार्थीहरुका लागि मात्र उपलब्ध गराइएको हो। योजनाबाट विद्यार्थीहरुलाई उच्च गतिको इन्टरनेट प्रदान गर्ने कम्पनीको दाबी छ।

योजना अप्रिल ४ बाट ९० दिन सम्म नेपालभरि लागू हुनेछ। स्टुडेन्ट सिमकार्ड नजिकै रहेका स्मार्ट सेन्टर र एडुुवर्ल्ड ग्रुप अफ एडुकेशनबाट लिन सकिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: २२ चैत्र २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार