भारतको जियोले ७०० करोड भारुमा किन्यो हप्टिकलाई, यस्तो छ किन्नुको कारण

  • Technology Khabar | २१ चैत्र २०७५, बिहीबार
भारतको जियोले ७०० करोड भारुमा  किन्यो हप्टिकलाई, यस्तो छ किन्नुको कारण

काठमाडौं ।

काठमाडौं । भारतको रिलायंस इंडस्ट्रीजको सहायक कम्पनी रिलायंस जियो डिजिटल सेवा लिमिटेडले हप्टिक इन्फ्यूटेक प्राइभेट लिमिटेड किनेको घोषणा गरेको छ।

रिलायंस जियोले ७०० करोड भामा हप्टिकको स्वामित्व लिएको हो। यो अधिग्रहणपछि पनि हप्टिकको टोलीले व्यवसाय विकास, उद्यम प्लेटफर्महरू र पहिलेको रूपमा डिजिटल उपभोक्ता सहायकहरूको रूपमा काम जारी राख्नेछ।

यस सम्झौताअन्तरगत रिलायंससँग हप्टिक को लगभग ८७ प्रतिशत हिस्सा हुनेछ, जबकि बाँकी शेयर संस्थापक र स्टाफसंग हुनेछ। रिलायंस जियोका निर्देशक आकाश अम्बानीले भने, ‘हामी यस साझेदारी घोषणा गर्न पाउँदा खुसी छौं र हप्टिकको अनुभवी टीमसंग काम गर्ने दृष्टिकोण सकारात्मक छ।’

हप्टिकले सो लगानी रकम आफ्ने बिस्तारमा लगाउनेछ । हप्टिक वार्तालापसम्बन्धि विश्वमा सबैभन्दा ठूलो आर्टिफिशियल इन्टेलीजेन्सको लागि चर्चित रहेको छ ।

यस सम्झौताको अवसरमा, रिलायंस जियो निर्देशक आकाश अम्बानीले भने, यस सम्झौता अन्तर्गत, डिजिटल इकोसिस्टम बढनेछ र भारतीय प्रयोगकर्ताहरूले विभिन्न भाषाहरूको क्षमता सहित संवाद सेवाहरू पाउनेछन्।

प्रकाशित: २१ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार