युरोपमा सबैभन्दा फास्ट र सस्तो चार्जिङ उपलब्ध; सौर्य ऊर्जाको कारण प्रति किलोवाट आवरको मूल्य १५ सेन्ट

  • Technology Khabar | ११ पुष २०८२, शुक्रबार
युरोपमा सबैभन्दा फास्ट र सस्तो चार्जिङ उपलब्ध; सौर्य ऊर्जाको कारण प्रति किलोवाट आवरको मूल्य १५ सेन्ट
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

स्वीडेनको क्याट्रिनहोमको सानो शहरमा रहेको विद्युतीय कार चार्जिङ स्टेशनले युरोपभरका विद्युतीय सवारी चालकहरूको ध्यान आकर्षित गरिरहेको छ।

साइटमा सिधै उत्पादन हुने सौर्य ऊर्जाको कारणले गर्दा फास्ट चार्जिङको लागत प्रति किलोवाट आवरको मात्र १५ सेन्ट मूल्य पर्दछ। उक्त मूल्य महादेशमा सबैभन्दा कम मूल्यहरू मध्ये एक भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

ईटीसी सोलपार्क स्टेशनले १५० किलोवाट क्षमता भएका दुईओटा फास्ट चार्जरहरू प्रदान गर्दछ र एकैसाथ चारओटा सवारी साधनहरूलाई सेवा दिन सक्ने बताइएको छ।

ईटीसी सोलपार्क स्टेशनमा सस्तो प्रस्ताव दिनको समयमा ८ देखि ४ बजेसम्म मान्य हुने र उक्त समयावधि पछि मूल्य ०.४३ युरो प्रति किलोवाट आवरको दरले बढ्ने बताइएको छ। यद्यपि यो मूल्य पनि युरोपका धेरैजसो चार्जिङ नेटवर्कहरू भन्दा बढी किफायती भएको उल्लेख गरिएको छ।

स्टेशन प्रबन्धकले यो पहललाई धेरै सकारात्मक कदमको रुपमा स्वागतयोग्य भएको र धेरै चालकहरूले कम मूल्यमा स्वच्छ ऊर्जाले आफ्ना सवारी साधनहरू चार्ज गर्ने अवसरको फाइदा उठाइरहेको बताए।

क्याट्रिनहोमलाई विद्युतीय सवारी साधनहरूको पूर्वाधारमा सौर्य ऊर्जाको प्रयोगको लागि एक प्रेरणादायी उदाहरण मान्न सकिने टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ पुष २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...