युट्युबले भ्रामक एआई भिडियोहरू साझा गर्ने च्यानलहरू बन्द गर्यो

  • Technology Khabar | १० पुष २०८२, बिहीबार
युट्युबले भ्रामक एआई भिडियोहरू साझा गर्ने च्यानलहरू बन्द गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

युट्युबले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा सिर्जना गरिएका फेक सर्ट फिल्म भिडियोहरू प्रकाशित गर्ने दुई लोकप्रिय च्यानलहरू हटाएको छ।

प्लेटफर्मले भारतकबाट स्क्रिन कल्चर र संयुक्त राज्य अमेरिकाबाट केएच स्टुडियोको भ्रामक सामग्री हटाउने र दुई प्रमुख च्यानलहरू बन्द गर्ने निर्णय गरेको छ। यी दुई प्रमुख च्यानलहरूको संयुक्त रुपमा २० लाख भन्दा बढी सदस्यहरू र एक अर्ब भन्दा बढी भ्यूहरू भएको टेलीग्राफले रिपोर्ट गरेको छ।

यी च्यानलहरूले मनोरञ्जनको लागि मात्र नभइ फिल्महरूबाट वास्तविक फुटेजसँग आर्टिफिसियल इन्टेलिजेन्सबाट सिर्जना गरिएका दृश्यहरू संयोजन गर्न एआई प्रयोग गर्दै आधिकारिक नभएका र जनतालाई धोका दिने भिडियोहरू प्रस्तुत गरेको बताइएको छ।

उदाहरणका लागि, च्यानल स्क्रिन कल्चरले फिल्म “फ्यान्टास्टिक फोरः फस्र्ट स्टेप्स” को ट्रेलरको २३ फरक संस्करणहरू जारी गरेको र तीमध्ये केही फिल्मको आधिकारिक ट्रेलर भन्दा बढी हेरिएको रिपोर्ट गरेको छ।

फिल्म उद्योगमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढ्दो रूपमा भइरहेको समयमा युट्युबको यस्तो निर्णय आएको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १० पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार