एलजीको नयाँ वर्षमा ‘खुशीको अपग्रेड’ योजना, ४३ प्रतिशतसम्मको क्यासब्याक

  • Technology Khabar | २० चैत्र २०७५, बुधबार
एलजीको नयाँ वर्षमा ‘खुशीको अपग्रेड’ योजना, ४३ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं ।

काठमाडौं । नयाँ वर्ष २०७६ लक्षित गरि एलजीले ‘नयाँ वर्षमा खुशीको अपग्रेड’ योजना सार्वजनिक गरेको छ ।

खुशिको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टमको खरिदमा ४३ प्रतिशतसम्मको क्यासब्याक पाउन सकिने कम्पनीले जानकारी दिएको छ। साथै एलजीका टेलिभिनजहरुमा २ वर्षको वारेण्टी समेत रहेको बताईएको छ।

कम्पनीकाअनुसार सिङ्गल डोर फ्रिजको खरिदमा २० प्रतिशतसम्मको क्यास ब्याक, डबल डोर फ्रिजमा मिक्सर ग्रान्डर, साइड बाइ साइड फ्रिजमा भ्याक्यूम क्लिनर, एसीमा फ्रि जडान र माईक्रोवेभ ओभनको खरिदमा कुकिङ किट्स प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ।

एलजीका फ्रन्ट लोड वासिङ मेसिनमा हट पट, टपलोड वासिङ मेसिनमा आइरन, डिस वेस्टरमा डिटरजेन्ट भ्यनक्यूम क्लिनरमा २० प्रतिशत सम्मको क्यास ब्याक र चेस्ट फ्रिजरको खरिदमा १७ प्रतिशत सम्मको छुट रहेको छ।

एलजीका यी योजना नेपालभरि चैत्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित: २० चैत्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार