ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

  • Technology Khabar | ५ पुष २०८२, शनिबार
ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

काठमाडौं ।

रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष तालिमप्राप्त जनशक्तिको आवश्यकता रहेको रूसी उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्ला दुई वर्षमा १९ हजारभन्दा बढी जनशक्तिलाई यस क्षेत्रमा तालिम दिइसकिएको छ।

उद्योग क्षेत्रको माग पूरा गर्न र उच्च सीप भएका ड्रोन सञ्चालक आकर्षित गर्न सरकारले सम्बन्धित औपचारिक शैक्षिक योग्यता नभएका नागरिकलाई पनि नागरिकस्तरका प्रमाणपत्र प्राप्त गर्ने अनुमति दिएको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार ड्रोन तथा स्वचालित प्रणालीको विकासलाई तीव्र बनाउने उद्देश्यले औद्योगिक प्रतिष्ठान, साना प्रविधि कम्पनी, साथै नागरिक आविष्कारक र विकासकर्ताका प्रयासलाई एकीकृत गरिएको छ। रासस/ सिन्ह्वा

प्रकाशित: ५ पुष २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार