
काठमाडौं ।
काठमाडौं । स्मार्ट लिभिङ्ग टेक्नोज प्रालिले स्वचालित सेनेटरी प्याड झर्ने मेसिन बाजुरा र स्याङ्गजा जिल्लाको विद्यालयहरुमा जडान गरेको छ ।
स्मार्ट स्कुल को प्रारम्भ भइसकेको अवस्थामा नेपाल मै पहिलो पटक आधुनिक प्रबिधि मार्फत सेनिटरी प्याड झर्ने मेसिन उपलब्ध भएको हो । यो मेसिनबाट महिनावारी भएको बेला प्याड निकालेर प्रयोग गर्न सकिन्छ ।
विद्यालयको एउटा कोठामा जडान गरिएको प्याड झर्ने मेसिनले गोपनीयता साथ आवश्यक छात्राहरुलाई प्याड दिन्छ । छात्राहरूले शिक्षिकालाई भेटेर प्याड मागिरहनु पर्दैनभने सँगसँगै, शिक्षिका र अन्य महिला कर्मचारी पनि लाभान्वित हुने बताईएको छ।
स्मार्ट कार्ड प्रयोग गरेर एटिमबाट पैसा झिके जस्तै गरी यो मेसिनबाट पनि प्याड झिक्न मिल्ने र आवश्यकता अनुसार प्याड निकाल्न मिल्ने स्मार्ट लिभिङ्ग टेक्नोजका कार्यकारी निर्देशक सुरेश सेजवालले जानकारी दिए ।
स्मार्ट लिभिङ्ग टेक्नोज प्रालि ले स्वचालित सेनेटरी प्याड झर्ने मेसिन बाजुरा जिल्लाको बुडिगगा नगरपालिकाको भानोदय मावि र स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिकाको सिद्धार्थ माविमा जडान गरेको छ।
सो मेसिन जडानभएपछि विद्यालयमा महिनावारी हुँदा हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। स्कूलहरुलाई लक्षित गरिएको यो मेसिनलाई सार्वजनिक स्थान, सरकारी कार्यालयहरु, नीजि क्षेत्रहरु तथा विभिन्न गैरसरकारी संघसंस्थाहरुले पनि राख्नको लागि माग गरिरहेको स्मार्ट लिभिङ्ग टेक्नोजका कार्यकारी निर्देशक सेजवालले जानकारी दिए ।
प्रकाशित: १९ चैत्र २०७५, मंगलवार