Technology Khabar ३ पुष २०८२, बिहीबार
काठमाडौं ।
आजको दिनमा कोही पनि म्यानुअल ट्रान्समिसन भएको नयाँ कार चलाउन नचाहने हुन्डाईका तर्फबाट युरोपका लागि निर्देशकले बताएका छन्।
हुन्डाईले पहिले म्यानुअल ट्रान्समिसन भएको आई३० एन स्पोट्र्स मोडेल प्रस्तुत गरेको थियो। यो कार अब उपलब्ध नभएको टेलिग्राफले रिपोर्ट गरेको छ।
हुन्डाईका युरोपका लागि प्राविधिक निर्देशक टायरोन जोनसनले कार म्यागजिनसँगको अन्तर्वार्तामा अब त्यस्ता कारहरूको लागि खरीदकर्ताहरू नभएको बताए। उनीहरूको अनुभवबाट सबै चालकहरू स्वचालित ट्रान्समिसन चाहन्छन् भन्ने तथ्य स्पष्ट भएको छ।
यद्यपि, टायरोन जोनसनले मुख्यतया अमेरिकी बजारलाई संकेत गरेका छन्। त्यहाँ, तीन पेडलहरूसतिको अल–न्यू–एलानट्रा एन मोडेलको बिक्रीको केवल ३० प्रतिशत मात्र म्यानुअल ट्रान्समिसनले ओगटेको उल्लेख गरिएको छ।
बाँकीमा भने ८–स्पीड डुअल–क्लच ट्रान्समिसन उपलब्ध गराइएको रिपोर्ट गरिएको छ। साथै अन्य सबै मोडेलहरू स्वचालित ट्रान्समिसनको साथ मात्र उपलब्ध छन्।
म्यानुअल ट्रान्समिसन छोड्ने हुन्डाई मात्र एक कम्पनी भने होइन। बीएमडब्ल्यूले पहिले नै हालको एम२ म्यानुअल ट्रान्समिसन भएको अन्तिम कार हुने बताएको छ।
प्रकाशित: ३ पुष २०८२, बिहीबार