यूट्युबमा अब जेमिनी ३ प्रयोग गरेर ‘गेम’ बनाउन सकिने

Technology Khabar ३ पुष २०८२, बिहीबार

काठमाडौं ।

गुगल फेरि एकपटक एआईको परिवेशमा अघि बढिरहेका मानिसहरूको जीवनमा झन् बढी आवश्यक हुने तरिकाले आफूलाई माझ्न तल्लीन छ। यसको लागि पछिल्लो कदम यूट्युब गेमिङतर्फबाट आएको हो जहाँ ‘प्लेएबल्स बिल्डर’ नामक परियोजनाको खुला बिटा घोषणा गरिएको छ। यसले छानिएका यूट्युब क्रिएटरहरूलाई ‘जेमिनी ३’ प्रयोग गरेर बनाइएको प्रोटोटाइप वेब एपमार्फत कोडिङ नगरी साना खेल बनाउन सघाउँछ।

यूट्युबले सन् २०२३ मै डेस्कटप र मोबाइल प्लेटफर्ममा साना स्तरका खेल थप्ने परीक्षण गरेको थियो भने गत वर्ष प्लेएबल्समा मल्टिप्लेयर सुविधा पनि जोडिएको थियो। गुगलका सेवाहरूमा एआई व्यापक रूपमा देखिन थालेको सन्दर्भमा यो घोषणा आश्चर्यजनक मानिएको छैन।

इन्ग्याजेटका अनुसार यसको अवधारणा हालै गुगल ल्याब्सले घोषणा गरेका ‘डिस्को’ र ‘जेनट्याब्स’ परियोजनासँग मिल्दोजुल्दो देखिन्छ। ती परियोजनाले वेब ब्राउजिङमा एआई तह थप्छन् जहाँ प्रयोगकर्ताले सामान्य भाषामा दिएको आदेशअनुसार अन्तरक्रियात्मक टुल प्राप्त गर्छ। एआईप्रति संशय भए पनि खोज प्रणालीमा यस्ता उपकरण केही व्यवहारिक हुन सक्ने देखिन्छ जहाँ आवश्यक डाटालाई सजिलै बुझिने ढाँचामा प्रस्तुत गर्नु मुख्य उद्देश्य हुन्छ।

तर खेल भने सरल हुँदैन। राम्रो खेल बनाउन साधारण विचारलाई निरन्तर सुधार, सीप र अनुभवमार्फत साँच्चिकै रमाइलो बनाइन्छ। प्राविधिक ज्ञान नभएका मानिसलाई एआई सहायकले केही बनाउन मद्दत गर्नु रोचक कुरा भए पनि पेशागत गेम डेभलपरहरूले वर्षौँ लगाएर सीप र ज्ञान हासिल गर्नुको कारण यही हो। प्लेएबल्स बिल्डरले एआई केका लागि उपयुक्त हुन्छ भन्ने कुरा गलत रूपमा बुझिएको उदाहरण प्रस्तुत गर्छ। च्याटबोटले खेल बनाउन सक्नु र त्यो खेल खेल्न लायक हुनु एउटै कुरा होइन।

प्रकाशित: ३ पुष २०८२, बिहीबार

तपाइको प्रतिक्रिया