
काठमाडौं ।
सेक्रेटल्याबले म्याकलरेन सँगको सहकार्यमा नयाँ गेमिङ कुर्सी प्रस्तुत गरेको छ। उक्त नयाँ गेमिङ कुर्सी ब्रिटिश ब्रान्डको स्पोट्र्स कारहरूबाट प्रेरित रहेको छ।
नयाँ गेमिङ कुर्सीको डिजाइन कार्बन फाइबरको प्रयोगमा आधारित रहेको छ। कार्बन फाइबर हल्का तौल र धेरै बलियो सामग्री हो। साथै म्याकलरेनले वर्षौंदेखि आफ्ना कारहरूमा कार्बन फाइबर प्रयोग गर्दै आएको छ।
स्पोर्टी लुक र गुणस्तरीय सामग्रीहरूसहितको कुर्सी आराम र दीर्घकालीन प्रयोगको लागि डिजाइन गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
यो नयाँ गेमिङ कुर्सी विश्वव्यापी रूपमा केवल १०० युनिटहरूमा उत्पादन गरिने भएकाले यो गेमिङ कुर्सी सङ्कलनकर्ताहरूको लागि दुर्लभ वस्तु बन्ने बताइएको छ।
नयाँ गेमिङ कुर्सीको पहिलो बजार लन्च डिसेम्बर १५ मा हुने तय गरिएको छ।
अहिलेसम्म नयाँ गेमिङ कुर्सीको मोडेलको कुनै आधिकारिक मूल्य बारे जानकारी उपलब्ध नभएको भए तापन अन्य मोडेलहरूको मूल्यको आधारमा, कुर्सीको मूल्य लगभग १,००० यूरो हुने अपेक्षा गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: २ पुष २०८२, बुधबार