इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम एक महिनामै ४ अर्बले घट्यो

  • Technology Khabar | १ पुष २०८२, मंगलवार
इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम एक महिनामै ४ अर्बले घट्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवैमा अघिल्लो महिनाको तुलनामा उल्लेख्य कमी आएको छ। यो प्रवृत्ति भदौबाट असोज मसान्तसम्म आइपुग्दा उठिक उल्टो थियो।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ कार्तिक समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य  कमी आएको पाइएको हो।

असोजमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ६ लाख ५६ हजार ५७८ रहेको थियो। असोज मसान्तबाट कार्तिक मसान्तसम्को एक महिनाको अवधिमा १ लाख ८४ हजार १०३ घटेर समग्रमा ४ लाख ७२ हजार ४७५ मा आइपुगेको छ।

कारोबार रकम गत असोजमा २१ अर्ब ९० करोड १० लाख थियो। असोज मसान्तबाट कार्तिक मसान्तसम्मको एक महिनाको अवधिमा ४ अर्ब २ करोड ६० लाख रुपैयाँले घटेर समग्रमा १७ अर्ब ८७ करोड ५० लाखमा आइपुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...