१६ जीबी र्याम फोनहरूको अस्तित्व मेमोरी अभावले खतरामा

  • Technology Khabar | १ पुष २०८२, मंगलवार
१६ जीबी र्याम फोनहरूको अस्तित्व मेमोरी अभावले खतरामा
फाइल तस्बिर

काठमाडौं ।

र्यामको मूल्यको बारेमा रमाइलो मिमहरू देखा परेको अवस्थामा मेमोरी आपूर्ति संकटको परिणामको बारेमा पनि चर्चाहरु सुन्नमा आएका छन्। अब १६ जीबी र्याम फोनहरू अर्को वर्ष लोप हुनेछन् र ४ जीबी र्याम भएका बजेट फोनहरूको पुनरागमन देख्नेछौं भन्ने कुराहरु सुन्नमा आएका छन्।

हामीले पहिले नै केही फ्ल्यागशिपहरूको आफ्नो पूर्ववर्तीहरूको तुलनामा मूल्य बढेको देखेका छौं र अब सामसङले भारतमा आफ्नो मध्य–दायरा लाइनअपको मूल्य बढाउने योजना बनाएको सुनिरहेका छौं।

यद्यपि, मूल्य बढाउनु विश्वव्यापी समाधान भने होइन। मूल्य–संवेदनशील बजारहरूमा, स्मार्टफोन निर्माताहरूले मूल्यको बढाउनु भन्दा लागत घटाउने छनौट गर्न सक्ने छन्। स्रोतले ४ जीबी र्याम फोनहरू धेरै देखा पर्न थाल्ने र १६ जीबी डिभाइसहरू दुर्लभ हुने विश्वास व्यक्त गरेको छ।

केही तथ्याङ्कहरूका अनुसार, १२ जीबी ¥याम एकाइहरू ४० प्रतिशतले घटाइने र ६ जीबी/८ जीबी फोनहरूले तिनीहरूको ठाउँ लिने उदाहरण दिइएको छ।

यो द्रुत गतिमा विकास भइरहेका एआई डाटासेन्टरहरूद्वारा उच्च–ब्यान्डविथ मेमोरी चिप्स (एचबीएम) र जीडीडीआर५ डीआरएएम चिप्सको बढ्दो मागको प्रत्यक्ष प्रभाव भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १ पुष २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...