हुन्डाईले विभिन्न भूभागहरूमा स्थिरताका साथ चल्ने एआईयुक्त भएको मोबेड रोबोट अनावरण गर्यो

  • Technology Khabar | २५ मंसिर २०८२, बिहीबार
हुन्डाईले विभिन्न भूभागहरूमा स्थिरताका साथ चल्ने एआईयुक्त भएको मोबेड रोबोट अनावरण गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

हुन्डाईले प्रारम्भिक अवधारणाको चार वर्ष पछि टोकियोमा आफ्नो मोबाइल एक्सेन्ट्रिक ड्रोइड (मोबेड) रोबोटको उत्पादन संस्करण अनावरण गरेको छ।

कम्प्याक्ट प्लेटफर्म पूर्ण रूपमा अटोनोमस (स्वायत्त) भएको र विभिन्न सतहहरूमा स्थिरताका साथ चल्न आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दछ।

“एक्सेन्ट्रिक कन्ट्रोल” संयन्त्रले रोबोटलाई ठाडो भूभागमा सहज गति सुनिश्चित गर्दै आफ्नो अडान र प्रत्येक पाङ्ग्रालाई व्यक्तिगत रूपमा समायोजन गर्न अनुमति दिन्छ।

क्यामरा र लाईडार सेन्सरहरूले रोबोटलाई उन्नत अभिमुखीकरण र अवरोधबाट बच्ने क्षमताहरू प्रदान पनि गर्दछ। साथै मोबेड उद्योगदेखि विभिन्न कार्यहरूको लागि प्रयोग गरिने उल्लेख गरिएको छ।

हुन्डाईले रिमोट कन्ट्रोलद्वारा नियन्त्रित आधारभूत र पूर्ण स्व–ड्राइभिङ प्रणालीसहितको प्रो गरी दुई संस्करणहरू प्रस्तुत गरेको छ।

दुबै मोडेलहरूले १.४७ किलोवाट–आवर ब्याट्री प्रयोग गर्दछ। उक्त ब्याट्रीले ४ घण्टासम्म सञ्चालन र २.५–घण्टा चार्जिङ प्रदान गर्दछ।

मोबेड रोबोटको बिक्री २०२६ को पूर्वार्द्धमा सुरु हुने अपेक्षा गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २५ मंसिर २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार