डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल

  • Technology Khabar | २४ मंसिर २०८२, बुधबार
डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल
तस्बिर: रासस

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिएका छन्।

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताए। महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उनले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गरे।

“पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ। त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुपर्यो”, सञ्चारमन्त्री खरेलले भने। अहिले लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उनले उल्लेख गरे।

“तपाईँ परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईँको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ। प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सही सदुपयोग गरिनुपर्छ”, मन्त्री खरेलले भने।

मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गरे।

सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसङ्ग जोड्दै संयोगले त्यो भेटघाट भएको बताए। भेटका क्रममा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरङ्ग कुराकानी भएको उनले उल्लेख गरे।

भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले ‘जगदीशजी तपाईँहरू पुरुष, हामी महिला। तपाईँहरूले एउटा सिन्को भाँच्दा, हामीले तीनवटा भाँच्नुपर्छ। हामी त्यति सङ्घर्ष गरेर आएका छौँ, त्यो नेपाली महिलाहरूले आफ्नो करियरका लागि सङ्घर्षको प्रतिक हो’ भनेको प्रसङ्ग मन्त्री खरेलले कार्यक्रममा सुनाए। “आज जो जति महिला पत्रकारहरूले सङ्घर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाईँहरूको सङ्घर्ष नेपाली सञ्चारमाध्यमका लागि अनुपम, अद्धितीय र विशेष छ”, उनले भने।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावनाअनुरुप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तीव्रताकासाथ काम गरिरहेको उल्लेख गरे। उनले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिए।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याइन्। उनले लैङ्गिक हिंसा मानवअधिकारको बाधक भएको उल्लेख गरिन्।

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाविरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिइन्। क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) का अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायत वक्ताले कार्यस्थलको हिंसा कायमै रहेको बताउँदै डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरे। यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूले जोड दिए।-रासस

प्रकाशित: २४ मंसिर २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • २४ मंसिर २०८२, बुधबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • २४ मंसिर २०८२, बुधबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • २४ मंसिर २०८२, बुधबार