Technology Khabar २३ मंसिर २०८२, मंगलवार
काठमाडौं ।
नासाले पृथ्वीको तल्लो कक्षमा स्याटेलाइटहरूको बढ्दो संख्याको कारण लगभग सबै अन्तरिक्ष टेलिस्कोप तस्बिरहरू प्रभावित हुन सक्ने भन्ने चेतावनी दिएको छ।
इलन मस्कको स्टारलिङ्क जस्ता मेगाकस्टेलेसनहरूको अंश रहेका स्याटेलाइटहरूले सूर्यको प्रकाशलाई प्रतिबिम्बित गर्ने र प्रकाश उत्सर्जन गर्ने भएकाले टेलिस्कोप तस्बिरहरूमा रेखाहरू र हस्तक्षेप निम्त्याउने उल्लेख गरिएको छ।
विज्ञहरूले स्याटेलाइटहरूको बढ्दो संख्याका कारण जनाउ (अलार्म) दिएको यो पहिलो पटक नभए पनि नेचर जर्नलमा प्रकाशित पछिल्लो अध्ययनले अन्तरिक्ष–आधारित खगोल विज्ञानलाई हुन सक्ने क्षतिको परिमाण अनुमान गर्ने भने पहिलो भएको बुझिएको छ।
अनुसन्धानकर्ताहरूले नासाको स्फियरएक्स टेलिस्कोप, युरोपेली अन्तरिक्ष एजेन्सीको एआरआरएकेआईएचएस टेलिस्कोप र चीनको शुन्टियान टेलिस्कोपले तिनीहरूको ९६ प्रतिशत तस्बिरहरू प्रभावित हुन सक्ने खुलासा गरेको छ। त्यसैगरी, न्यारो फिल्ड अफ भ्यू सहितको हबल स्पेस टेलिस्कोपको लगभग ३९.६ प्रतिशत तस्बिरहरू प्रभावित भएको हुन सक्ने रिपोर्ट गरिएको छ।
सन् २०१९ मा २,००० बाट पृथ्वीको तल्लो कक्षमा रहेका स्याटेलाइटहरूको संख्या बढेर १५,००० पुगेको छ र सन् २०३० सम्ममा ५,६०,००० थप प्रक्षेपण गर्ने योजना रहेको छ।
“हाम्रा नतिजाहरूले देखाउँछन् कि यदि यी कन्स्टिलेसनहरू पूरा भएमा, हबल स्पेस टेलिस्कोपका एक तिहाइ तस्बिरहरू प्रभावित हुनेछन्, जबकि स्फियरएक्स (स्पेक्ट्रो–फोटोमिटर फर द हिस्ट्रि अफ द युनिभर्स, इपक रियोनाइजेसन एण्ड आइसेस एक्सप्लोररको), एआरआरएकेआईएचएस (एनालाइसिस् अफ रिसल्भ्ड रेमन्याण्टस् अफ एक्रिटेड ग्यालेक्सीज एज ए कि इन्स्टु्रमेण्ट फर ह्यालो सर्भेज) र शुन्टियान अन्तरिक्ष टेलिस्कोपहरूले तिनीहरूको एक्सपोजरको ९६ प्रतिशत भन्दा बढी प्रभावित हुनेछन्” अनुसन्धानकर्ताहरूले अध्ययनमा उल्लेख छ।
“हाम्रा नतिजाहरूले लाइट कन्टामिनेसन (प्रकाश प्रदूषण) अन्तरिक्ष टेलिस्कोप सञ्चालनको लागि बढ्दो खतरा भएको देखाउँछन्। हामी स्याटेलाइट कन्स्टेलेसनहरूको प्रभावलाई कम गर्न कार्यहरूको श्रृंखला प्रस्ताव गर्छौं, जसले अनुसन्धानकर्ताहरूलाई विज्ञान अवलोकनहरूबाट अवांछित स्याटेलाइट लाइट (प्रकाश) प्रदूषणको भविष्यवाणी, मोडेल र सच्याउन अनुमति दिन्छ,” अनुसन्धानकर्ताहरूले थप उल्लेख गरेका छन्।
प्रभावित भएका तस्बिरहरूले क्षुद्रग्रह पत्ता लगाउने र आकाशगंगा अवलोकनहरू सहित विभिन्न वैज्ञानिक अध्ययनहरूलाई असर गर्न सक्ने रिपोर्ट गरिएको छ।
कम उचाइमा स्याटेलाइटहरू तैनाथ गर्ने, अन्तरिक्षयानलाई अँध्यारो पार्ने र स्याटेलाइट अभिमुखीकरण नियन्त्रण गर्नाले समस्यालाई कम गर्न मद्दत गर्न सकिने एनडीटीभीले रिपोर्ट गरेको छ।
प्रकाशित: २३ मंसिर २०८२, मंगलवार