सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक,भ्वाईस र भिडियो कल गर्न सकिने

  • Technology Khabar | १४ चैत्र २०७५, बिहीबार
सिजी लाईफसेलद्वारा बिप एप सार्वजनिक,भ्वाईस र भिडियो कल गर्न सकिने

काठमाडौं ।

काठमाडौं । सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी लाईफसेलले बिप एप (BiP) सार्वजनिक गरेको छ । सिजी लाईफ सेल चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल भएको कम्पनीले जानकारी दिएको छ ।

बिप एप एउटा म्यासेजिङ प्लेटफर्म हो जहाँबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवं फाईलको आदान प्रदान गर्न सकिनेछ । साथै, यस एपको माध्यमबाट प्रयोगकर्ताले विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सकिने बताईएको छ ।

‘डिजिटल नेपाल निर्माण गर्ने सरकारको लक्ष्यमा हामी जतिसक्दो योगदान पुर्याउन चाहन्छौँ,’ चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘यसबाट आम नेपाली नागरिकको अझै सर्वसुलभ रुपमा सूचनामा पहुँच पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा संचालन हुन्छ । यसलाई गुगल प्ले स्टोर र एप्पल एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीको भनाई छ ।

कम्पनीकाअनुसार एपका बिशेषताहरु यस प्रकार छन्-

१) बिप एपमा तपाईको मोबाईल फोनको भाषा अनुसार परिवर्तन गर्न सकिन्छ ।
२) कुनै पनी मोवाईल अपरेटरका ग्राहकहरुले बिप एप सजिलै प्रयोग गर्न सक्छन् ।
३) यसमा विभिन्न प्रकारका निःशुल्क गेमहरु डाउनलोड नगरीकन खेल्न सकिन्छ ।
४) फलो मी र लोकेसन सेयर जस्ता बिशेषताहरु प्रयोग गर्न सकिन्छ ।
५) सरप्राईज पोइन्टद्वारा विभिन्न प्रकारका उपहारहरु जित्न सकिनेछ ।
६) बिप एप लाई ल्यापटप र डेक्सटपमा पनि प्रयोग गर्न सकिन्छ ।
७) १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिन्छ ।

प्रकाशित: १४ चैत्र २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...